काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४१.५८ रुपैयाँ र बिक्रीदर १४२.१८ रुपैयाँ कायम भएको छ ।
यस्तै, आज एक यूरोको खरिददर १६४ रुपैयाँ र बिक्रीदर १६४.६९ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १८८.९० रुपैयाँ र बिक्रीदर १८९.७० रुपैयाँ कायम भएको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९२.२३ रुपैयाँ र बिक्रीदर ९२.६२ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.३१ रुपैयाँ र बिक्रीदर ९.३५ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.५५ रुपैयाँ र बिक्रीदर ३८.७१ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.८५ रुपैयाँ र बिक्रीदर १९.९४ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३३.४९ रुपैयाँ र बिक्रीदर ३३.६४ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.८४ रुपैयाँ र बिक्रीदर ३९.०१ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९२ रुपैयाँ र बिक्रीदर ९.९६ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४६१.३६ रुपैयाँ र बिक्रीदर ४६३.३२ रुपैयाँ कायम भएको छ ।