आईतवार, श्रावण १०,२०८३ 11:44:04
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 11:44:04
Bizshala
Global IME Bank Limited

सरकारको खर्च १.८० खर्ब, नगद मौज्दात बढेर २.५५ खर्ब पुग्यो

सरकारको खर्च १.८० खर्ब, नगद मौज्दात बढेर २.५५ खर्ब पुग्यो
New Office

काठमाण्डौ । आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिनासम्ममा नेपाल सरकारको कुल खर्च रु.१ खर्ब ८० अर्ब १७ करोड रहेको छ । नेपाल सरकार,अर्थ मन्त्रालय,महालेखा नियन्त्रक कार्यालयका अनुसार समीक्षा अवधिमा चालु खर्च रु.१ खर्ब १४ अर्ब १९ करोड, पँुजीगत खर्च रु.६ अर्ब ३५ करोड र वित्तीय व्यवस्था खर्च रु.५९ अर्ब ६३ करोड रहेको छ ।

समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) रु. १ खर्ब ५७ अर्ब ५३ करोड पुगेको छ । यसअन्तर्गत कर राजस्व रु.१ खर्ब ५० अर्ब ४० करोड र गैरकर राजस्व रु.७ अर्ब १३ करोड परिचालन भएको छ ।  

२०८२ भदौ मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा रु.२ खर्ब ५५ अर्ब ६१ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । २०८२ असार मसान्तमा यस्तो मौज्दात रु.१ खर्ब ३० अर्ब ७३ करोड रहेको थियो ।

समीक्षा अवधिमा प्रदेश सरकारहरूको कुल खर्च रु.४ अर्ब १२ करोड र स्रोत परिचालन रु.२४ अर्ब २२ करोड रहेको छ । प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी रु.१८ अर्ब ६१ करोड र प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व रु.५ अर्ब ६१ करोड रहेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.