काठमाण्डौ । आज डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १४०.९० र बिक्रीदर १४१.५० रुपैयाँ कायम छ ।
अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १४०.२६ रुपैयाँ र बिक्रीदर १४०.८६ रुपैयाँ कायम थियो।
यस्तै, आज एक यूरोको खरिददर १६३.९९ रुपैयाँ र बिक्रीदर १६४.६९ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १८७.९८ रुपैयाँ र बिक्रीदर १८८.७८ रुपैयाँ कायम भएको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९२.३७ रुपैयाँ र बिक्रीदर ९२.७६ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.२३ रुपैयाँ र बिक्रीदर ९.२६ रुपैयाँ,एक युएई डिरामको खरिददर ३८.३६ रुपैयाँ र बिक्रीदर ३८.५२ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.८३ रुपैयाँ र बिक्रीदर १९.९१ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३३.४७ रुपैयाँ र बिक्रीदर ३३.६१ रुपैयाँ, एक कतारी रियालको खरिददर ३८.६६ रुपैयाँ र बिक्रीदर ३८.८२ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.८४ रुपैयाँ र बिक्रीदर ९.८८ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४५९.६० रुपैयाँ र बिक्रीदर ४६१.५६ रुपैयाँ कायम भएको छ ।

