शुक्रबार, श्रावण २२,२०८३ 12:39:52
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 12:39:52
Bizshala
Global IME Bank Limited

सन नेपाल लाइफले फेरि पायो ISO/IEC 27001 : 2022 प्रमाणपत्र

सन नेपाल लाइफले फेरि पायो ISO/IEC 27001 : 2022 प्रमाणपत्र
New Office

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले UKAS (United Kingdom Accreditation Service) बाट मान्यता प्राप्त Amtivo Limited, UK बाट आइएसओ/आईईसी २७००१ः२०२२ (ISO/IEC27001 :2022) को प्रमाणपत्रमा निरन्तरता प्राप्त गरेको छ ।  

कम्पनीले गत महिना गराएको सम्परीक्षणमा कम्पनीले आफ्नो हरेक सुचनाहरुको सुरक्षा प्रणालीहरुको अन्तराष्ट्रिय मापदण्ड बमोजिम उचित ब्यवस्थापन गरेकोले सो प्रमाणत्र नवीकरण भएको हो । यस मानकले कम्पनीले अन्तराष्ट्रिय मापदण्डमा परिभाषित असल अभ्यासहरुको पालना गरेको छ भन्ने कुरा स्पष्ट पार्ने कम्पनीले जनाएको छ ।

कम्पनीले जोखिममा आधारित जीवन बीमा ब्यवसाय प्रणाली तथा संस्थागत सुशासन सम्बन्धी नियामकीय ब्यवस्था प्रभावकारी किसिमबाट पालना गर्न अन्तराष्ट्रिय मापदण्डको आधारमा ISO/IEC27001 :2022 सम्परीक्षण नवीकरण गरेको हो ।नेपालको बीमा ब्यवसायमा यसरी अन्तराष्ट्रिय मापदण्ड ISO/IEC27001 :2022 प्राप्त गर्ने पहिलो र एकमात्र जीवन बीमा कम्पनी हो ।

ISO/IEC27001 :2022 को नवीकरण मान्यता प्राप्त गरेसँगै कम्पनीले निरन्तर रुपमायसको पालना र अभ्यासहरुबाट कम्पनीको सुचना सुरक्षा प्रणाली निरन्तर मजबुत बनाउँदै लाने प्रतिबद्धता जाहेर गरेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.