बुधबार, श्रावण २०,२०८३ 05:14:06
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 05:14:06
Bizshala
Global IME Bank Limited

ह्यात रिजेन्सीले हटायो सम्पूर्ण कमर्चारी, सरकारले हस्तक्षेप गर्नुपर्ने ट्रेड युनियनको माग

ह्यात रिजेन्सीले हटायो सम्पूर्ण कमर्चारी, सरकारले हस्तक्षेप गर्नुपर्ने ट्रेड युनियनको माग
New Office

काठमाण्डौ । पाँचतारे होटल ह्यात रिजेन्सीले सम्पूर्ण कर्मचारीलाई हटाउने निर्णय गरेको छ ।  ह्यात रिजेन्सीका महाप्रबन्धक आशिष कुमारले एक सुचना जारी गर्दै आगामी मङ्सिर २२ गतेदेखि लागु हुने होटलमा कार्यरत सम्पूर्ण कर्मचारीलाई कटौती गरिने जानकारी दिएका हुन् ।  

सूचनामा कोभिड १९ का कारण लामो समय सम्म होटल तथा पर्यटन क्षेत्र बन्द भई होटललाई निकै नै ठुलो आर्थिक क्षति भएको र सो अवस्थाबाट हालसालै मात्र केहि सुधार आइरहेकोमा गत भदौ २४ को घटनाको कारण पुनः होटललाई ठूलो आर्थिक क्षति हुन पुगेको उल्लेख छ ।  

‘यस परिस्थितिमा होटलको मर्मत सम्भारका लागि करोडौँ रकम लाग्ने र मर्मत अवधी भर होटलको कुनै आम्दानीको स्रोत समेत नहुने भएकाले प्रतिष्ठानलाई विगतको भन्दा ठूलो आर्थिक चुनौति समेत आएको छ,’ सूचनामा भनिएको छ, ‘यस परिस्थितिमा श्रमिकको व्यवस्थापन सम्बन्धी विकल्पहरुको सम्बन्धमा प्रतिष्ठानमा क्रियाशिल ट्रेड युनियनहरु सँग छलफल समेत गर्दा कुनै निष्कर्शमा पुग्न सकेको अवस्था छैन। होटलको मर्मत सम्भारको कार्य प्रारम्भ भइसकेको र सोका लागि आर्थिक स्रोत जुटाई खर्च व्यबस्थापन गर्नु पर्ने एवं यस अवधीमा संचालनमा नरहेको होटलमा श्रमिकहरुलाई काममा लगाउन समेत होटल असमर्थ रहेको हुँदा होटलमा कार्यरत सम्पुर्ण श्रमिकहरुलाई कटौती गर्नपर्ने भएकाले यो सुचना प्रकाशित भएको मितिले ३० दिन अर्थात मंसिर २२ गतेदेखी लागु हुने गरी श्रम ऐन २०७४ को दफा १४५ बमोजिम सम्पूर्ण (१३३) श्रमिक कटौती गर्न यो सूचना जारी गरिएको छ । ’  

यो निर्णयले होटलमा लामो समयदेखि कार्यरत ५ सयभन्दा बढी कामदार बेरोजगार हुने ट्रेड युनियनहरूले बताएका छन्। ट्रेड युनियनहरूका अनुसार, होटलमा १४८ जना स्थायी,करिब ३ सय जना करार र ६० जना ज्यालादारी कर्मचारी कार्यरत छन्।

ट्रेड युनियनहरूले होटलको निर्णयविरुद्ध सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने माग राखेका छन् ।  

गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा होटलमा तोडफोड, लुटपाट र आगलागिजन्य क्रियाकलापहरु भएका थिए । जसका कारण सोही दिनबाट होटल पूर्ण रुपमा बन्द रहेको छ । होटलमा भएको उक्त आगलागी र तोडफोडका कारण होटल क्षेतिग्रस्त भई पुर्ण रूपले मर्मत सम्भार नगरी संचालनमा ल्याउन सक्ने अवस्था समेत नरहेकाले होटलको मर्मत सम्भार नहुँदासम्म होटल पुर्ण रुपले बन्द रहने होटलले जनाएको छ ।  

भदौ २४ को घटनाका क्रममा होटलमा भएका एकजना भारतीय महिला पर्यटकले ४ तलाबाट हामफाल्दा घाईते भई उपचारको क्रममा ज्यान गएको थियो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.