शुक्रबार, कार्तिक २८,२०८२ 08:20:50
IME remit
  • शुक्रबार, कार्तिक २८,२०८२ 08:20:50
IME remit
Global IME Bank Limited

सन्दीप जलानलाई सीआईबीले बयान लिएको हो ? यस्तो रहेछ यथार्थ

Hyundai Nepal
सन्दीप जलानलाई सीआईबीले बयान लिएको हो ? यस्तो रहेछ यथार्थ
Shivam Cement

काठमाण्डौ । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमीटेडको सेयरमूल्य इन्साइडर ट्रेडिङ गरेर बढाएको र सर्वसाधारणलाई फसाएको आरोपमा सेयर ब्रोकर तथा लगानीकर्ता सन्दीप जलानलाई सीआईबीले नियन्त्रणमा लिएको र बयान लिएर छाडेको विषयले अहिले सामाजिक सञ्जाल तताइरहेको छ ।  

एनआरएनको सेयरमूल्यमा जलानले नेपाल स्टक एक्सचेञ्जको पूर्व प्रमुख तथा सो कम्पनीको सञ्चालक समितिका अध्यक्ष समेत रहेका सीताराम थपलियासँग मिलेर सेयर कर्नरिङ गरेको र कम्पनीबाट घोषणा हुने सम्भावित बोनस सेयर तथा हकप्रदको सूचना पहिला नै लिएर इन्साइडर ट्रेडिङ गरेको आरोप लागेको छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

यही विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले केही कागजात जलानको प्रमुख लगानी रहे पनि पछिल्लो समय अरुमै स्वामित्व हस्तान्तरण भएको ५८ नम्बर ब्रोकर(नासा सेक्युरिटिज)बाट केही कागजात नियन्त्रणमा लिएको र शुक्रबार सीआईबीमा बोलाएर बयान लिएको खबरले सञ्जालहरुमा सनसनी मच्चाइरहेको छ ।  

हामीलाई समेत केही लगानीकर्ताहरुले फोन गरेर नेपाली सेयर बजारका खेलाडी भनेर चिनिने जलान प्रहरी नियन्त्रणमा पुगेका भनेका थिए । एनआरएनमा जलान र थपलियाको मिलेमतोमा चलखेल गरेर मूल्य बढाइएको विषय समेत आएका थिए । यहाँ यी दुवै विषयको यथार्थ बुझ्ने कोशिश गरिएको छ ।  

आधिकारिक निकायकाअनुसार जलान र थपलियाको मिलेमतोमा एनआरएन लगायत अन्य कम्पनीमा भएको चलखेल लगायतका विषयमा धितोपत्र बोर्डले छानिबन थालेको हल्ला सही देखिएको छ । तर, सेबोनले एकदुई दिनअघि नै ५८ नम्बर ब्रोकरमा छापा मारेर केही फाइल लिएको, सीसीटिभी फूटेज पनि नियन्त्रणमा लिएको लगायतको विषय चाहिँ सत्य नभएको पाइएको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

सेबोनले केही दिनअघि नै अन्य विभिन्न खालका उजुरीहरुका आधारमा ५८ नम्बर ब्रोकरमा नियमित इन्स्पेक्सन मात्र गरेको बुझिएको छ । सो क्रममा केही डकूमेन्ट लिइएको र बाँकी अनुसन्धान भइरहेको धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पुष्टि गरे । ‘हाम्रो रेगुलर इन्स्पेक्सन हो, अरुबेला पनि भइरहेकै हुन्छ । त्यो हिजो वा अस्ती भएको होइन । केही दिनअघिको कुरा हो ।’ बजार हल्लाको विषयमा सोधिएको प्रश्नमा अध्यक्ष श्रेष्ठले भने ।  

बोर्डमा परेका उजुरीका विषयमा छानिबन भइरहेकोले जलान अहिले नै दोषी हुन् भनेर किटान गर्न नसकिने उनको प्रष्टोक्ति छ । अनुसन्धानपछि नै सबै कुरा खुल्ने उनको भनाई छ ।  

सेबोनबाट प्रष्ट कुरा आएपछि हामीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)मा समेत जलान शुक्रबार(आज) त्यहाँ पुगेका/नपुगेका, उनको बयान लिइएको/नलिइएको विषयमा सोधीखोजी गर्ने काम गरेका थियौं । बिजशालासँग कुरा गर्दै सीआईबीको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले सन्दीप जलानको कुनै पनि बयान नलिइएको र उनी शुक्रबार सीआईबीमा नआएको पुष्टि गरे । जलानको विषयमा कहीँकतैबाट उजुरी आएको विषयमा समेत अनभिज्ञता प्रकट गरे ।  

त्यसअघि हामीले आरोपी जलानलाई नै पनि आज सीआईबीमा जानुभएको थियो ? भनेर सोधेका थियौं । उनले आफ्नो विषयमा गलत हल्ला चलाइएको भन्दै जवाफ पठाए- 'म त अफिसमै छु । काम गर्दै बसेको छु । तपाईजस्ता धेरै साथीभाईको कल आइसक्यो । जे हल्ला फैलिएको छ, त्यो फेक हो है !'  

Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.