काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडद्वारा घोषणा गरिएको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा भएको छ । बैंकको गत मंसिर १५ गते सम्पन्न भएको १९ औं वार्षिक साधारण सभाबाट पारित भएको ४.६७ प्रतिशत नगद लाभांश हितग्राही खातामा अद्यावधिक गरिएको बैंक खातामा जम्मा गरिएको सेयर रजिष्ट्रार म्ुक्तिनाथ क्यापिटलले जनाएको छ ।
उक्त नगद लाभांश सोही दिनदेखि सम्बन्धित सेयरधनीहरुको बैंक खातामा जम्मा गरिएको क्यापिटलले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।