अब भिजिट र श्रम भिसामा यूएई जानेले अनिवार्य रूपमा प्रहरी रिपोर्ट पेश गर्नु पर्ने
काठमाण्डौ । अब संयुक्त अरब इमिरेट्स (यूएई) मा भिजिट र श्रम भिसामा जाने नेपाली नागरिकले अनिवार्य रूपमा प्रहरी रिपोर्ट पेश गर्नु पर्ने भएको छ । यूएईले नेपाली नागरिकका लागि अनिवार्य रुपमा प्रहरी रिपोर्ट पेश गर्नुपर्ने नियम लागू गरेको हो ।
काठमाण्डौस्थित यूएई दूतावासका अनुसार नेपाली नागरिकले भिसा आवेदन दिन नेपाल प्रहरीले जारी गरेको रिपोर्ट अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।
यस्तै दूतावासले नेपालीका लागि सबै प्रकारका भिसा खुल्ला गरिएको बताएको छ । यूएईले भदौ २४ गतेको हिंसात्मक प्रदर्शनपछि भिजिट र वर्किङ भिसा रोक गरेको थियो। उक्त घटनामा जेलबाट कैदीहरू फरार भएपछि सरकारले अस्थायी रूपमा नेपालीहरूका लागि भिसा नदिने निर्णय गरेको थियो।
जसका कारण यूएई सरकारबाट वर्क परमिट जारी गरिएका करिब ५ हजार नेपाली श्रमिक यूएई जानबाट बञ्चित भएका छन् ।
नेपालका लागि यूएई प्रमुख वैदेशिक रोजगारी गन्तव्य हो।

