शनिबार, श्रावण २,२०८३ 11:11:49
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 11:11:49
Bizshala
Global IME Bank Limited

हरित विकासमा सन नेपाल लाइफ इन्स्योरेन्सको सार्थक योगदान

हरित विकासमा सन नेपाल लाइफ इन्स्योरेन्सको सार्थक योगदान
New Office

काठमाण्डौ । विश्व माटो दिवसको अवसरमासन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी वर्ल्ड पीस फोरम रचन्द्रनगर  गाउँपालिकासँग सहकार्य गर्दै सर्लाहीमा व्यापक वृक्षारोपण अभियानको सुरुवात गरेको छ। वातावरण संरक्षणर दीर्घकालीन सामुदायिक कल्याणलाई लक्षित यस अभियान अन्तर्गत आज चन्द्रनगर गाउँपालिका–२ स्थित श्रीदुर्गा खोंभारी जनता माध्यमिक विद्यालयमा १,७५० मोरिङ्गा (सजिवनी) बिरुवा रोपेर कार्यक्रमको पहिलो चरण सम्पन्न गरिएको हो।

सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल , प्रमुख बजार अधिकृत गणेशचौलागाइ, मधेश प्रदेश प्रमुखनबराज चौधरी , वृक्षारोपण अभियानका अभियन्ता बासु गौतम र गाउपालिकाका अध्यक्ष राज कुमार महतोले संयुक्त रूपमा कार्यक्रम उद्घाटन गरे। उक्त कार्यक्रममा कम्पनीको मधेश प्रदेश अनतर्गतका विभिन्न शाखाका  शाखा प्रमुख तथा अभिकर्ताहरुको उपस्थितिपनि रहेको थियो।  

त्यस्तै सो कार्यक्रममा, स्थानीय सामुदायिक अगुवाहरू, विद्यालय प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

वक्ताहरूले मोरिङ्गा बिरुवाको उच्च औषधीय तथा पोषक मूल्यको चर्चा गर्दै वातावरणीय दिगोपनमा सामुदायिक साझेदारी अनिवार्य रहेको उल्लेख गरे। उनले आगामी दिनमा चन्द्रनगर गाउँपालिकाका अन्य वडाहरूमा पनि क्रमबद्ध रूपमा वृक्षारोपण कार्यक्रम सञ्चालन गर्दै जाने जानकारी दिए।

सन नेपाल लाइफ इन्स्योरेन्सले सामाजिक उत्तरदायित्व, वातावरणीय संरक्षण र दीर्घकालीन सुरक्षा संस्कृति प्रवर्द्धनलाई संस्थागत प्राथमिकतामा राख्दै देशभर यस्ता गतिविधिहरूलाई विस्तार गर्दै आएको जनाएको छ । 

हाल सन नेपाल लाइफले देशभरी १४८ शाखा तथा उप–शाखाबाट जीवन बीमा सम्बन्धी सुविधा दिँदै आइरहेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.