शुक्रबार, मंसिर १९,२०८२ 03:44:12
Bizshala
  • शुक्रबार, मंसिर १९,२०८२ 03:44:12
Bizshala
Global IME Bank Limited
Bizshala

नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न

Hyundai Nepal
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
Shivam Cement

काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले नेपालगञ्जको होटल सोल्टी वेस्टेण्डमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी कर्णाली प्रदेशबाट योग्य हुनु भएका ११५ जना अभिकर्ताहरु र सुदुरपश्चिम प्रदेशबाट योग्य भएका १६१ जना अभिकर्ताहरु, विभागिय प्रमुखहरु, प्रदेश प्रमुख एवं लुम्बिनी प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सीईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको हो ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्विप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सम्मान कार्यक्रममा कर्णाली तथा सुदुरपश्चिम प्रदेशबाट सीईओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरुलाई सीईओ क्बलको सदस्यता वितरण तथा सम्मान गरिएको थियो भने ती प्रदेशहरु बाट आफ्नो कोडमा र संजालमा प्रथम द्वित्तिय र तृत्तिय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो ।

CG Motors
Garima Development Bank
IME remit

सो अवसरमा प्रमुख कार्यकारी अधिकृतले कर्णाली र सुदुरपश्चिम प्रदेशबाट नेशनल रत्न तथा नेशनल स्टार विजेता अभिकर्ताहरुलाई नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेका थिए ।

समारोहमा प्रमुख कार्यकारी अधिकृतले सीईओ क्लब र नेशनल अवार्ड अन्तर्गत योग्य हुने अभिकर्ताहरुलाई प्रदेश स्तरिय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुरुप गण्डकी प्रदेशमा पहिलो सम्मान कार्यक्रम सम्पन्न गरिसकेको र सोही क्रममा दोस्रो कार्यक्रम अन्तर्गत कर्णाली र सुदुरपश्चिम प्रदेशबाट छनौट हुनुभएका अभिकर्ताहरुलाई सम्मान गरिएको र अन्य प्रदेशहरुमा पनि निरन्तर कार्यक्रम गर्दै जाने बारेमा जानकारी गराए । 

उनले कम्पनीले अभिकर्ता मैत्री स्किमहरु ल्याउने क्रममा सीईओ क्लब सदस्यता योजना ल्याइएको र यसमा नेपालभरबाट १६०० जना भन्दा बढि अभिकर्ताहरु छनौट हुन सफल भएकोमा यो योजना अत्यन्तै सफल भएको बताए ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

कार्यक्रममा सहभागि अभिकर्ताहरुलाई चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक विजय कुमार झाले तालिम प्रदान गरेका थिए । तालिमको क्रममा उनले जीवन बीमा व्यवसायमा सफलता पाउनका लागि धेरै भन्दा धेरै व्यक्तिहरुसंग सम्पर्क बढाई बीमा पोलिसीको कुरा राख्न सक्ने आवश्यक ज्ञान र शीप चाहिने बताए ।

समारोहमा, चर्चित अन्तर्राष्ट्रिय तालिम प्रशिक्षकबाट तालिम प्राप्त गर्न पाउँदा भविष्यमा यस पेशालाई निरन्तरता दिई व्यवसायिक बनाउँदै लान उर्जा मिलेको र प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको सहभागि अभिकर्ताहरुले बताए ।

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.