काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस नेता तथा निवर्तमान सांसद सन्तोष चालिसेविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले आइतबार चालिसेविरुद्ध ३ करोड ६८ लाख ४७ हजार ४ सय ६१ रुपैयाँ बिगो कायम गर्दै बिगोबराबरको जरिवाना, स्रोत नखुलेको सम्पत्ति जफत तथा कैद सजायको मागसहित मुद्दा दायर गरेको हो।
अख्तियारका अनुसार चालिसेले सार्वजनिक पदमा रहँदा वैध आम्दानीभन्दा बढी सम्पत्ति आर्जन गरेको देखिएको छ। आयोगले अनुसन्धानका क्रममा उनको आय–व्यय विवरण विश्लेषण गर्दा उल्लेखित रकम बराबरको सम्पत्ति अवैध रूपमा आर्जन गरेको निष्कर्ष निकालेको जनाएको छ।
चालिसे २०७४ सालको स्थानीय तह निर्वाचनमा गोकर्णेश्वर नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। त्यसपछि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–३ निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भई संघीय संसदमा प्रतिनिधित्व गरेका थिए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।