भ्रष्टाचार मुद्दामा सन्तोष चालिसेसँग पाँच लाख धरौटी माग
काठमाण्डौ । भ्रष्टाचारको आरोपमा मुद्दा खेपिरहेका नेपाली कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसेसँग विशेष अदालतले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ।विशेष अदालतका अध्यक्ष नारायणप्रसाद पौडेल र सदस्य विदुर कोइरालाको इजलासले चालिसेसँग उक्त रकम धरौटी माग्ने आदेश दिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अदालतमा आफूविरुद्धका आरोप अस्वीकार गर्दै इन्कारी बयान दिएका...

