अख्तियारद्वारा कांग्रेस नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस नेता तथा निवर्तमान सांसद सन्तोष चालिसेविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।आयोगले आइतबार चालिसेविरुद्ध ३ करोड ६८ लाख ४७ हजार ४ सय ६१ रुपैयाँ बिगो कायम गर्दै बिगोबराबरको जरिवाना, स्रोत नखुलेको सम्पत्ति जफत तथा कैद सजायको मागसहित मुद्दा दायर गरेको हो।

