आईतवार, असार १४,२०८३ 06:45:28
Bizshala
  • आईतवार, असार १४,२०८३ 06:45:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अर्थसमितिका सभापतिले पूँजीबजारको उत्साह कम हुन नदिन सरकारलाई लिखित निर्देशन दिने

भन्छन्-'बजारलाई प्राकृतिक लयमा चल्न दिऔं, सांसदहरुले जथाभावी नबोलौं'

Laxmi Sunrise Bank Limited
अर्थसमितिका सभापतिले पूँजीबजारको उत्साह कम हुन नदिन सरकारलाई लिखित निर्देशन दिने

काठमाण्डौ । संघीय संसदको प्रतिनिधिसभाअन्तर्गतको अर्थसमितिका सभापति तथा नेपाली कांग्रेसका सांसद सन्तोष चालिसेले शुक्रबार नै सरकारलाई पूँजीबजार देखिएको सकारात्मक माहौल बिग्रिन नदिन र लगानीकर्ताको मनोबललाई उच्च बनाउने नीतिगत व्यवस्था तथा सम्बोधनका लागि लिखित निर्देशन दिने भएका छन् । 

New Office
CG Motors
Garima Development Bank

केहीबेरअघि अर्थसमितिका केही सांसदहरुसँग छलफल गरेका सभापति चालिसेले बिजशालालाई सम्पर्क गरी आफूले शुक्रबार नै अर्थमन्त्रालयलाई पूँजीबजारको विषयमा नकारात्मक माहौल बनाउने विषयहरु अन्त र सकारात्मक माहौल सिर्जनाका लागि सम्बोधन गर्नुपर्ने विषय लगायतमा लिखित निर्देशन दिने प्रष्ट पारेका हुन् ।  

'म पूँजीबजारमैत्री अर्थसमितिको सभापति हुँ । मलाई बजारको भिलेनको रुपमा कसैले प्रस्तुत गरिदिनुभएन ।' उनले बिजशालासँग भने- 'म भोलि नै धितोपत्र बोर्डको अध्यक्ष शीघ्र नियुक्त गर्न र बजारलाई प्राकृतिक लयमा चल्ने वातावरण तयार गर्ने विषयमा लिखित निर्देशन दिंदैछु ।'  

उनले अर्थमन्त्रालयलाई मात्र नभई सरकारलाई समेत सम्बोधन गर्दै सांसदहरुलाई पूँजीबजारको विषयमा जथाभावी बोल्न रोक लगाउन समेत निर्देशन दिइने दाबी गरे । 'अब सांसदहरुले पनि जथाभावी बोल्नुभएन । पूँजीबजार सम्वेदनशील क्षेत्र हो भन्ने थाहा पाइसकेपछि सांसदरुले समेत आफ्नो बोलीमा लगाम लगाउनुपर्यो ।' उनले थपे -'सांसद, लगानीकर्ता, पत्रकार सबै मिलेर पूँजीबजारलाई थप मजबुत, पारदर्शी र दिगो बनाउनतर्फ लाग्नुपर्छ । मेरो निर्देशन पनि यिनै विषयमा केन्द्रीत हुनेछन् ।'

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.