IME remit
  • बिहीबार, कार्तिक १३,२०८२ 08:58:11
IME remit
Global IME Bank Limited

निश्कर्षविहीन बन्यो अर्थसमितिको बैठक, कन्फ्यूज्ड सांसद क्लियर भएर फर्किए, ‘सभापतिले निर्देशन दिनुपरेन’

Hyundai Nepal
निश्कर्षविहीन बन्यो अर्थसमितिको बैठक, कन्फ्यूज्ड सांसद क्लियर भएर फर्किए, ‘सभापतिले निर्देशन दिनुपरेन’
Shivam Cement

काठमाण्डौ । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले पूँजीबजारको विषयमा छलफल गर्न बिहीबार आयोजना गरेको बैठक बजारलाई प्रभावित पार्ने उद्देश्यमै केन्द्रीत रहेको आशङ्का बढेको छ ।  

‘निकै गम्भीर छलफल गर्न’ भन्दै बोलाइएको बैठकमा सांसदहरुको कुरा सुन्नुबाहेक कुनै निर्णय भएन । निर्णय गर्नुपर्ने वा समितिका सभापतिबाट निर्देशन नै दिनुपर्ने विषय पनि केही उठेनन् ।  

बजारका समस्या सुन्नलाई बैठक आयोजना गरिएजस्तो देखियो । अर्थसमितिका सदस्य समेत रहेका एक सांसदले बिजशालासँग भने ः सांसदहरुले बजार हल्लाको भरमा आफ्ना कुरा राखे । अधिकांशले राखेका कुरा आधारहीन, तुकहीन र बिनाअध्ययनका देखिन्थे ।

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

निकै हतारोको साथ कारोबार समयमै बैठक आयोजना गरिनु, त्यहाँ आधारहीन कुराहरुलाई ल्याएर सांसदहरुले आफ्नो धारणा व्यक्त गर्नु र निश्कर्षबिना नै बैठक सकिनुले पनि शंका गर्ने ठाउँ बनाइदिएको छ ।  

बिहीबारको बैठकमा दुई पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत र वर्षमान पुनले पनि आफ्नो धारणा राखेका थिए । उनीहरु अर्थमन्त्री भइसकेका कारण बजारको विषयमा अरुको तुलनामा सुझबुझपूर्ण धारणा नै राखेका थिए ।  

डा. महतले आफूले सेयर बजार बढ्नै हुँदैन भनेर नभनेको स्पष्टीकरण दिएका थिए भने पुनले चाहिँ धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा हुने सेटिंगको विषय उठाएका थिए ।  

डा. महतले सो क्रममा बजारको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)लाई नै इन्साइडर ट्रेडिङमा सहभागी बनेको संगीन आरोप लगाएका थिए । आफूलाई धितोपत्र बोर्डबाट त्यस्तो सूचना आएको दाबी गर्न समेत उनले भ्याएका थिए ।  

पूर्व अर्थमन्त्री पुन चाहिँ नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने विषयमा हुने लुछाचुँडी र सेटिंगको विषयमा बढी केन्द्रीत बनेका थिए । आफूले अनेकन प्रयास गर्दा समेत धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्न नसकेको उनले बताएका थिए ।  

एमाले सांसद सूर्य थापाले सुरुवातमै बोल्दै ‘कारोबार समयमा बैठक किन राखेको ?’ भन्दै सभापति सन्तोष चालिसेलाई थर्काएका थिए । उनले कि त कारोबार हुनुअघि(बिहान) वा कारोबार भइसकेपछि यस्ता बैठक राख्नुपर्ने र बजार प्रभावित पार्ने उद्देश्यबाटै प्रेरित भएर यस्ता बैठक आयोजना गर्न नहुने बताएका थिए ।  

आफ्ना कुरा राखेर उनी सहकारी ठगी छानबिन समितिको बैठक रहेको सूचना दिएर बाहिरिएका थिए ।  

बैठकमा बोल्ने बाँकी सांसदहरुले विवेकी कुरा गरेनन् । सांसद मेटमणि चौधरीले केही कम्पनीको नामै तोकेर चलखेल गरी मूल्य माथि उचालिएको दाबी गर्न भ्याए । तर, त्यसका लागि उनले कुनै प्रमाण वा आधार चाहिँ पेश गर्न सकेनन् ।  

बैठकमा बोलेका अन्य सांसद(सदस्य)हरुले पनि गतिला कुरा गरेनन् । बजारमा सुनिएका हल्लालाई आफ्नै ढंगले बैठकमा प्रस्तुत गरे ।  

सांसदमध्ये अधिकांशले धितोपत्र बोर्डबाट डाकिएका प्रतिनिधिहरुलाई ‘यस्तो किन भएको ? यस्तो भनेको के हो ?’ जस्ता प्रश्नहरु सोधेका थिए ।  

धितोपत्र बोर्डमा अध्यक्षको भूमिकामा रहेका महेश बरालले आफूहरुले गर्नसक्ने काम, नेप्सेले गर्नुपर्ने काम लगायतका विषयमा आफ्ना धारणा राखेका थिए । उनले धितोपत्र बोर्डमा पूर्ण अधिकारप्राप्त अध्यक्ष नहुँदा बजारमा कहीँकतै समस्या देखिए पनि धेरै गम्भीर भइहाल्नुपर्ने खालको समस्या नरहेको जिकिर गरेका थिए ।  

उनले सांसदहरुले प्रश्न उठाउने क्रममा नबुझेका बजारका प्राविधिक विषयहरुमा समेत बुझाउन प्रयास गरेका थिए ।  

सांसदहरुको प्रश्नहरु, धितोपत्र बोर्डका अधिकारीको जवाफ सुनेपछि सभापति चालिसेले केही निर्देशन दिनुपर्ने खालका कुराहरु नआएका र त्यस्तो केही गर्नुपरे सांसदहरुसँग छलफल गरेर अगाडि बढ्ने भन्दै बैठक टुङ्ग्याएका थिए ।  

अर्थसमितिकी सदस्य सचिव रेखा उपाध्याय खनालले बिहीबारको बैठकमा सभापतिबाट निर्देशन नै दिनुपर्ने खालका कुराहरु नआएका प्रष्ट पारिन् । ‘मुख्य रुपमा माननीय सांसदहरुले प्रश्न उठाउनुभयो । धितोपत्र बोर्डका साथीहरुले उहाँहरुलाई चित्तबुझ्ने गरी जवाफ दिनुभयो । कसैलाई कुनै कन्फ्यूजन हुने अवस्था नै बनेन ।’  उनले बिजशालासँग भनिन्–‘आजको बैठक निर्देशन नै जारी गर्नुपर्ने खालको थिएन । बजार सुधारका लागि पर्याप्त नियामक निकायहरु छँदा छँदै संसदीय समितिले नै निर्देशन दिइहाल्छ भन्ने पनि देखिन्न ।’  

बजारको समस्या समाधान र सुधारका लागि सभापति चालिसेले कुनै निर्देशन नदिएका र सांसदहरुसँग छलफल गरी केही भए भन्छु भनेर बैठक समाप्त गरेका उनको प्रष्टोक्ति थियो ।  

बैठकको उपदेयता र औचित्यताको विषयमा प्रश्न गर्दा सभापति चालिसेले जवाफ दिन अस्वीकार गरे । ‘तपाईहरुले बजार प्रभावित पार्ने उद्देश्यले नै बैठक आयोजना गर्नुभएको हो ?’ भन्ने बिजशालाको आरोपमिश्रित प्रश्नमा न उनले उत्तर दिए, न त खण्डन नै गरे ।  

CG Motors
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.