बुधबार, बैशाख २,२०८३ 06:13:54
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 06:13:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रिलायन्स स्पिनिङ मिल्ससँग बार्गेनिङ गरेको आरोप भ्रामक हो: नेपाल सेयर बजार लगानीकर्ता संघ

Bizshala
रिलायन्स स्पिनिङ मिल्ससँग बार्गेनिङ गरेको आरोप भ्रामक हो: नेपाल सेयर बजार लगानीकर्ता संघ
Shivam Cement

काठमाण्डौ । नेपाल सेयर बजार लगानीकर्ता संघले पूँजीबजार सुधारका लागि चालेको न्यायिक कदमलाई लिएर फैलाइएका भ्रम र महासचिव रबिन कँडेलको व्यक्तिगत चरित्रमाथि लगाइएका आरोपप्रति आपत्ति जनाउँदै औपचारिक स्पष्टिकरण सार्वजनिक गरेको छ।

संघका महासचिव कँडेलले जारी गरेको वक्तव्यमा धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र ऐनविपरीत गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिट आम लगानीकर्ताको हक–हित संरक्षणका लागि गरिएको विशुद्ध कानुनी र संवैधानिक प्रक्रिया भएको उल्लेख गरिएको छ। उक्त कदमलाई लिएर ‘रिलायन्स स्पिनिङ मिल्स’ लगायतका पक्षसँग बार्गेनिङ गरिएको भन्ने आरोपहरू निराधार, कपोलकल्पित र भ्रामक रहेको संघको दाबी छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

वक्तव्यमा कँडेलले आफू न्यायको सर्वोच्चतामा दृढ विश्वास राख्ने व्यक्ति भएको र कुनै पनि गैरकानुनी वा अनैतिक स्वार्थका लागि सार्वजनिक भूमिकाको दुरुपयोग नगर्ने स्पष्ट पारेका छन्। ‘हाम्रो न्यायिक पहललाई व्यक्तिगत लाभसँग जोडेर फैलाइएका हल्लाहरू पूर्णतः असत्य छन्,’ उनले भनेका छन्।

संघले न्यायिक प्रक्रियालाई प्रभावित पार्ने उद्देश्यले आफू र संघका प्रतिनिधिहरूमाथि धम्की, मानसिक दबाब तथा सामाजिक सञ्जालमार्फत लोभ्याउने प्रयास भएको दाबीसमेत गरेको छ। यस्ता क्रियाकलापहरू आपराधिक भएको उल्लेख गर्दै संघले त्यसको घोर भर्त्सना गरेको छ र न्यायको बाटोबाट विचलित नहुने प्रतिबद्धता व्यक्त गरेको छ।

CG Motors
Garima Development Bank
IME remit

पारदर्शिताप्रति प्रतिबद्धता जनाउँदै महासचिव कँडेलले आफू वा संघका कुनै पनि पदाधिकारी अवाञ्छित गतिविधि वा गैरकानुनी बार्गेनिङमा संलग्न भएको ठोस प्रमाण भए नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा उजुरी दिन सार्वजनिक रूपमा आह्वान गरेका छन्। 

साथै, यस विषयमा विशेष छानबिन र निगरानीका लागि नेपाल सरकार र नेपाल प्रहरीसँग सहकार्य गर्न संघ तयार रहेको जनाइएको छ।

संघले न्यायिक प्रक्रियालाई धमिल्याउने जो–कोहीलाई कानुनी दायरामा ल्याउन माग गर्दै आफ्नो संघर्ष पूँजीबजारको समग्र सुधारका लागि केन्द्रित रहेको र कुनै व्यक्तिगत स्वार्थपूर्तिसँग नजोडिएको स्पष्ट पारेको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.