काठमाण्डौ । ज्योति विकास बैंकका कर्मचारीमाथि कालोमोसो दलिएको घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार उमाकान्त चौधरी र सञ्जिव चौधरीलाई पक्राउ गरिएको हो।
सप्तकोशी नगरपालिका–७ ओद्राहास्थित सप्तकोशी इन्टिग्रेटेड एग्रो फार्म प्रालिमा ऋणसम्बन्धी विषयमा बुझ्न पुगेका बैंक कर्मचारीमाथि दुर्व्यवहार गरिएको थियो।
घटनापछि पीडित पक्षले प्रहरीमा जाहेरी दर्ता गराएका छन्। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको र अदालतबाट म्याद थप्ने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।