काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी वर्ल्ड पिस फोरमको आयोजनामा र वीरेन्द्र नगरपालिकाको सहकार्यमा अर्को चरणको वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
‘न्यानो ज्याकेट वितरण, बिउ वितरण तथा वृक्षारोपण कार्यक्रम’ अन्तर्गत सञ्चालन भएको यस अभियानले वातावरणीय सन्तुलन कायम गर्ने साथै समुदायस्तरमा सामाजिक उत्तरदायित्व प्रवर्द्धन गर्ने उद्देश्य राखेको थियो। कार्यक्रममा ५० जना विद्यार्थीलाई कम्पनीले न्यानो ज्याकेट वितरण गरेको थियो। कार्यक्रम वीरेन्द्रनगर क्षेत्र केन्द्रित भई आयोजना गरिएको थियो।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाई, कर्णाली प्रदेश प्रमुख गोविन्द ढकाल, र नेपाल बीमा प्राधिकरणका प्रदेश प्रमुख नील लामिछाने सहित लुम्बिनी वर्ल्ड पिस फोरमका प्रतिनिधि, स्थानीय सरोकारवाला र कम्पनीका कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो।
कार्यक्रमको अवसरमा प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले वातावरण संरक्षण र सामाजिक सेवालाई कम्पनीको संस्थागत दर्शनको अभिन्न अङ्ग भएको उल्लेख गर्दै यस्ता कार्यक्रमहरू देशव्यापी रूपमा निरन्तर विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हाल देशभर १४८ शाखा तथा उप–शाखा मार्फत जीवन बीमा सेवा प्रदान गर्दै आईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।