शनिबार, श्रावण ९,२०८३ 01:07:34
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 01:07:34
Bizshala
Global IME Bank Limited

डिजिटल वित्तीय सेवामा पहुँच, सुरक्षा र सचेतना विषयक तालिम सम्पन्न

डिजिटल वित्तीय सेवामा पहुँच, सुरक्षा र सचेतना विषयक तालिम सम्पन्न
New Office

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था र ईसेवाको संयुक्त आयोजनामा डिप्रोक्स लघुवित्तका १०० भन्दा बढी सदस्यहरूका लागि वित्तीय तथा डिजिटल साक्षरता र ईसेवा मार्फत इएमआई भुक्तानीसम्बन्धी एकदिने तालिम कार्यक्रम सम्पन्न भएको छ।

तालिमको उद्देश्य सदस्यहरूमा वित्तीय तथा डिजिटल सचेतना अभिवृद्धि गर्नु, सुरक्षित र भरपर्दो डिजिटल कारोबारको प्रवर्द्धन गर्नु तथा ईसेवा मार्फत सहज रूपमा इएमआई भुक्तानी गर्न प्रोत्साहन गर्नु रहेको थियो। साथै, समयमै इएमआई भुक्तानी गर्ने बानीको विकास गर्दै डिजिटल वित्तीय सेवाको प्रयोगमार्फत वित्तीय अनुशासनलाई सुदृढ बनाउने विषयमा विशेष जोड दिइएको थियो।

कार्यक्रममा डिजिटल भुक्तानी प्रणालीको प्रयोग, आवश्यक सुरक्षा सावधानी तथा प्रभावकारी वित्तीय व्यवस्थापनसम्बन्धी जानकारी प्रदान गरिएको थियो। तालिमपश्चात सहभागी सदस्यहरूले प्राप्त ज्ञानले वित्तीय व्यवस्थापनप्रति सकारात्मक सोच विकास भएको जनाउँदै डिजिटल वित्तीय सेवाको जिम्मेवार र नियमित प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

आयोजक संस्थाहरूले यस्ता तालिम कार्यक्रमले वित्तीय समावेशीकरणलाई सशक्त बनाउनुका साथै डिजिटल माध्यमबाट सुरक्षित र पारदर्शी कारोबार प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.