शनिबार, जेष्ठ २,२०८३ 11:59:48
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 11:59:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेशनल लाईफले गर्यो बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान

Laxmi Sunrise Bank Limited
नेशनल लाईफले गर्यो बागमती प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान
Shivam Cement

काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले काठमाण्डा स्थित वेभ हस्पिटालिटीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी बागमती प्रदेशबाट योग्य हुनु भएका ५०० जना भन्दा बढि अभिकर्ताहरु सहित विभागिय प्रमुखहरु, प्रदेश प्रमुख एवं बागमती प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सीईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको हो ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्धिप प्रज्वलन गर्नुहुँदै शुभारम्भ गरिएको सम्मान कार्यक्रममा बागमती प्रदेशबाट सिइओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरुलाई सीईओ क्बलको सदस्यता वितरण तथा सम्मान गर्नु भएको थियो भने नेशनल रत्न र नेशनल स्टार विजेता अभिकर्ताहरुलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गर्नुभएको थियो साथै सो प्रदेशबाट आफ्नो कोड र संजलमा प्रथम द्धित्तिय र तृत्तिय हुन सफल उत्कृष्ट अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो ।

Bizshala
New Office
CG Motors

समारोहमा प्रमुख कार्यकारी अधिकृतले सिइओ क्लब कार्यक्रममा नेपालभर बाट १६०० जना जना भन्दा बढि अभिकर्ताहरु छनौट हुनुले यो योजना अत्यन्तै सफल भएको र यस्ता प्रकारका योजनाबाट अभिकर्ताहरुलाई सकरात्मक असर पुर्याउने हुँदा सबै तहका अभिकर्ताहरुलाई हुने गरी मासिक तथा बार्षिक योजना ल्याउने क्रमलाई निरन्तरता दिने बताए ।

उनले बीमा अभिकर्र्ता पेशा केवल व्यवसायसंग जोडिएको न भै सेवाभाव सँग जोडिएको एक पवित्र पेशा भएकोले यस पेशामा जोडिने हरेक अभिकर्ताले सफलता हासिल गर्ने मूख्य आधार नै काम प्रतीको इमान्दारिता र निरन्तरता रहेको बताए ।

सो समारोहमा उपस्थित विजेता अभिकर्ताहरुलाई चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक श्री विजय कुमार झा ले मोटिभेसनल तालिम प्रदान गरे ।

Garima Development Bank
Shivam Cement
IME remit

बागमती प्रदेशबाट उत्कृष्ट हुने अभिकर्ताहरु मध्ये कलंकी शाखाका नारायण सुवेदी र नारायणथान शाखाका रविना केसीले आफ्नो व्यवसायिक अनुभव व्यक्त गर्नु भएको सो समारोहमा सहभागि विजेता अभिकर्ताहरुले चर्चित अन्तर्राष्ट्रिय तालिम प्रशिक्षकबाट तालिम प्राप्त गर्दा यस पेशामा थप उर्जा मिलेको र आफ्नो मेहनतको कदर गर्दै प्रमुख कार्यकारी अधिकृतज्यूबाट सम्मान ग्रहण गर्न पाउँदा अत्यन्तै गर्व महशुस भएको बताए ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.