बिहीबार, आश्विन २९,२०८३ 07:53:12
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 07:53:12
Bizshala
Global IME Bank Limited

बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि बढ्दो हिंसाप्रति कर्मचारी संघको ध्यानाकर्षण, कारवाही नभए आन्दोलनमा उत्रिने चेतावनी

Bizshala
बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि बढ्दो हिंसाप्रति कर्मचारी संघको ध्यानाकर्षण, कारवाही नभए आन्दोलनमा उत्रिने चेतावनी
New Office

काठमाण्डौ । नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिले बैंक, बीमा, लघुवित्त तथा अन्य वित्तीय संस्थामा कार्यरत कर्मचारीमाथि बढ्दो हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले एक विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो ।

संघका अनुसार, हालसालै नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, एनआईसी एशिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, ज्योति विकास बैंक, जानकी फाइनान्स लगायत विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीमाथि कर्जा असुलीको क्रममा निर्घात कुटपिट, सटर बन्द गर्ने, कार्यालय र कर्मचारीमाथि पेट्रोल छर्कने जस्ता अमानवीय तथा आपराधिक घटनाहरु भएको तथ्य गम्भीर रहेको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

संघले सरकारी निकाय र नियामक संस्थाहरुलाई आग्रह गर्दै, बैंक, लघुवित्त तथा अन्य वित्तीय संस्था कर्मचारीमाथि हुने हिंसात्मक घटनालाई रोकी कानूनी कारवाही अघि बढाउन जोड दिएको छ। संघले कर्मचारीहरुको पूर्ण सुरक्षा सुनिश्चित गर्न नेपाल सरकार र सरोकारवाला निकायहरुसँग आग्रह गरेको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

विज्ञप्तीमा उल्लेख छ ‘यदि यस्ता घटनाहरु दोहोरिरहे कानूनको दायरामा कारवाही नभए, कर्मचारीहरु दबाबमूलक कार्यक्रममार्फत आफ्नो सुरक्षा माग गर्दै आन्दोलनमा उत्रन बाध्य हुनेछौं।’

संघले आम लगानीकर्ता, बचतकर्ता र सम्पूर्ण कर्मचारीहरुलाई समेत वित्तीय क्षेत्रको सुरक्षा र अर्थतन्त्रको स्थायित्वका लागि एकजुट हुन हार्दिक अपिल गरेको छ।

संघले सरकारी तथा निजी क्षेत्रका ५१ वटा वित्तीय संस्थाका ट्रेड यूनियनको नेतृत्व गर्दै कर्मचारीहरुको पेशागत हकहितको संरक्षणमा निरन्तर क्रियाशील रहेको जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.