भोटेकोशी बाढीप्रति नेपाल वित्तीय संस्था कर्मचारी संघद्वारा दुःख व्यक्त, उद्धार कार्यलाई प्राथमिकताका साथ अघि बढाउन आग्रह
काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको अचानकको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिले गहिरो दुःख व्यक्त गरेको छ। संघले विपद्बाट प्रभावित सम्पूर्ण नागरिकप्रति हार्दिक सहानुभूति प्रकट गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ।बाढीका कारण बैंक, बीमा तथा...

