बिहीबार, श्रावण ७,२०८३ 08:40:34
Bizshala
  • बिहीबार, श्रावण ७,२०८३ 08:40:34
Bizshala
Global IME Bank Limited

नेपाल एसबीआई बैंकका कर्मचारीमाथि भएको भनिएको उत्पीडन र सरुवाप्रति वित्तीय संस्था कर्मचारी संघको आपत्ति

नेपाल एसबीआई बैंकका कर्मचारीमाथि भएको भनिएको उत्पीडन र सरुवाप्रति वित्तीय संस्था कर्मचारी संघको आपत्ति
New Office

काठमाण्डौ । नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिले नेपाल एसबीआई बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूमाथि भएको भनिएको मानसिक उत्पीडन, प्रतिशोधपूर्ण सरुवा तथा ट्रेड युनियन अधिकारमाथिको हस्तक्षेपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नेपालका बैंक, बीमा, लघुवित्त, पूँजी बजार तथा अन्य वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूलाई संगठित गर्दै आएको संघले सरकारी तथा निजी क्षेत्रका ५१ वटा वित्तीय संस्थाका प्रतिष्ठानस्तरका ट्रेड युनियनहरूको नेतृत्व गर्दै आएको जनाएको छ। संघले वित्तीय क्षेत्रका कर्मचारीको पेशागत हकहित संरक्षण, सुशासन, पारदर्शिता तथा मर्यादित कार्य वातावरण निर्माणका लागि निरन्तर काम गर्दै आएको दाबी गरेको छ।

संघका अनुसार नेपाल एसबीआई बैंक कर्मचारी संघले सम्बन्धित निकायमा प्रस्तुत गरेको विवरणअनुसार बैंकको कमर्शियल शाखामा कार्यरत कर्मचारीहरूको उजुरीपछि आन्तरिक छानबिन प्रक्रिया सुरु गरिएको थियो। तर, छानबिनलाई निष्पक्ष र पारदर्शी निष्कर्षमा पुर्‍याउनुको सट्टा उजुरीकर्ता तथा ट्रेड युनियनसँग आबद्ध कर्मचारीहरूलाई प्रतिशोधपूर्ण ढंगले सरुवा गरिएको, मानसिक दबाब सिर्जना गरिएको र ट्रेड युनियन गतिविधिलाई कमजोर बनाउने प्रयास भएको आरोप लगाइएको छ।

संघले नेपालको संविधानले प्रत्याभूत गरेको श्रमिकको मौलिक हक, ट्रेड युनियन स्वतन्त्रता, श्रम ऐन, २०७४ तथा ट्रेड युनियन ऐन, २०४९ को मर्मविपरीत हुने कुनै पनि गतिविधिले संस्थागत श्रम सम्बन्ध र सुशासनलाई कमजोर बनाउने बताएको छ।

‘कुनै पनि कर्मचारीले कार्यस्थलमा देखिएका समस्या वा अनियमितताबारे उजुरी गर्नु, आफ्नो धारणा राख्नु वा ट्रेड युनियनमार्फत अधिकारको संरक्षण गर्नु दण्डनीय विषय हुन सक्दैन,’ संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

संघले कर्मचारीमाथि प्रतिशोधपूर्ण व्यवहार लोकतान्त्रिक श्रम सम्बन्धको सिद्धान्तविपरीत रहेको भन्दै यस्ता विषयमा गम्भीर छानबिन आवश्यक रहेको जनाएको छ।

संघका मागहरू:

नेपाल वित्तीय संस्था कर्मचारी संघले सम्बन्धित पक्षसँग निम्न माग राखेको छ ः

–नेपाल एसबीआई बैंकमा देखिएको घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन गरियोस्।

–उजुरीकर्ता, पीडित कर्मचारी तथा ट्रेड युनियन पदाधिकारीमाथि गरिएको भनिएको प्रतिशोधपूर्ण सरुवा तथा विभेदपूर्ण निर्णय पुनरावलोकन गरियोस्।

–अनुसन्धान प्रक्रियाको प्रतिवेदन सम्बन्धित पक्षलाई उपलब्ध गराई प्राकृतिक न्यायको सिद्धान्तअनुसार निर्णय गरियोस्।

–बैंकभित्र ट्रेड युनियन अधिकार, अभिव्यक्ति स्वतन्त्रता तथा सुरक्षित र सम्मानजनक कार्यस्थल सुनिश्चित गरियोस्।

नेपाल राष्ट्र बैंक तथा सम्बन्धित नियामक निकायले बैंकिङ क्षेत्रमा श्रम अधिकार, संस्थागत सुशासन र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि पहल गरून्।

संघले नेपाल एसबीआई बैंक कर्मचारी संघले उठाएका श्रमिक हित, न्याय र विधिको शासनसँग सम्बन्धित मागहरूप्रति ऐक्यबद्धता जनाएको छ।

साथै, वित्तीय क्षेत्रका कर्मचारीहरूका लागि सुरक्षित, सम्मानजनक र प्रतिशोधरहित कार्य वातावरण सुनिश्चित गर्न सम्बन्धित सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.