बुधबार, भाद्र १०,२०८३ 05:09:40
Bizshala
  • बुधबार, भाद्र १०,२०८३ 05:09:40
Bizshala
Global IME Bank Limited

भोटेकोशी बाढीप्रति नेपाल वित्तीय संस्था कर्मचारी संघद्वारा दुःख व्यक्त, उद्धार कार्यलाई प्राथमिकताका साथ अघि बढाउन आग्रह

भोटेकोशी बाढीप्रति नेपाल वित्तीय संस्था कर्मचारी संघद्वारा दुःख व्यक्त, उद्धार कार्यलाई प्राथमिकताका साथ अघि बढाउन आग्रह
New Office

काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको अचानकको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिले गहिरो दुःख व्यक्त गरेको छ। संघले विपद्बाट प्रभावित सम्पूर्ण नागरिकप्रति हार्दिक सहानुभूति प्रकट गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ।

बाढीका कारण बैंक, बीमा तथा अन्य वित्तीय संस्थामा कार्यरत कर्मचारी र उनीहरूका परिवारसमेत प्रभावित भएको तथा वित्तीय संस्थाका कार्यालय, भौतिक संरचना र सम्पत्तिमा क्षति पुगेको अवस्थाप्रति संघले गम्भीर चिन्ता व्यक्त गरेको छ।

विपद्को अवस्थामा बैंक, बीमा तथा वित्तीय संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीलाई आफ्नो तथा परिवारजनको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न, उच्च सतर्कता अपनाउन, जोखिमयुक्त क्षेत्रमा नजान तथा सम्भव भएसम्म सुरक्षित स्थानमा रहन संघले अपिल गरेको छ। संस्थागत कार्यसम्पादनभन्दा कर्मचारीको जीवन र सुरक्षा सर्वोपरि भएकाले जोखिमपूर्ण अवस्थामा आवश्यक सुरक्षा सावधानी अपनाउन सम्बन्धित वित्तीय संस्थाहरूलाई समेत आग्रह गरिएको छ।

Bizshala
CG Motors

अचानक आएको बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा समेत जोखिम बढ्न सक्ने भन्दै संघले त्यहाँ रहेका नागरिकलाई उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ।

संघले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य तीव्र बनाउन, प्रभावित नागरिकलाई तत्काल राहत तथा आवश्यक मानवीय सहायता उपलब्ध गराउन र सम्भावित थप जोखिम न्यूनीकरणका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्न नेपाल सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ। साथै, जोखिमयुक्त तथा प्रभावित क्षेत्रमा अनावश्यक यात्रा नगर्न र उद्धार तथा राहत कार्यमा अवरोध नपुग्ने गरी सहयोग गर्न आम नागरिकलाई अपिल गरेको छ।

प्रधानमन्त्रीको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले उद्धार, राहत तथा प्रभावकारी समन्वयका लागि आवश्यक सरकारी संयन्त्र परिचालन गर्ने निर्णय गरेको विषयलाई संघले सकारात्मक रूपमा लिएको जनाएको छ। उक्त निर्णयको प्रभावकारी र शीघ्र कार्यान्वयन गर्दै प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका कार्यलाई प्राथमिकताका साथ अघि बढाउन संघले आग्रह गरेको छ।

नेपाल वित्तीय संस्था कर्मचारी संघले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको साथमा रहेको स्पष्ट गर्दै उद्धार, राहत, मानवीय सहयोग तथा विपद् व्यवस्थापनका कार्यमा आफ्नो तर्फबाट सक्दो सहयोग र सहकार्य गर्न सम्पूर्ण सदस्य, सम्बद्ध संघ–संस्था तथा आम नागरिकलाई अपिल गरेको छ।

संघले विपद्मा ज्यान गुमाएका सम्पूर्ण व्यक्तिप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकको खोज तथा उद्धार कार्यलाई तीव्र रूपमा अघि बढाउन सम्बन्धित निकायसँग अनुरोध गरेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.