बुधबार, असार १७,२०८३ 12:43:32
Bizshala
  • बुधबार, असार १७,२०८३ 12:43:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

राजस्व संकलनमा सुधार, पुससम्म ५ खर्ब ७८ अर्ब बढी जम्मा

Laxmi Sunrise Bank Limited
राजस्व संकलनमा सुधार, पुससम्म ५ खर्ब ७८ अर्ब बढी जम्मा

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को पुस ३० गतेसम्म देशको कुल राजस्व सङ्कलन ५ खर्ब ७८ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। यो रकम पुससम्मका लागि तय गरिएको लक्ष्यको ८१.४० प्रतिशत हो।

राजस्व व्यवस्थापन महाशाखाका अनुसार चालु आर्थिक वर्षको वार्षिक राजस्व लक्ष्य १४ खर्ब ८० अर्ब रुपैयाँ रहेको छ। यसमध्ये पुस महिनासम्मका लागि ७ खर्ब ११ अर्ब २१ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य तोकिएको थियो।

New Office
CG Motors
Garima Development Bank

पुस महिनामात्रै १ खर्ब ६९ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन भएको छ, जुन पुस महिनाको लक्ष्य १ खर्ब ९० अर्ब ७७ करोड रुपैयाँको तुलनामा ८८.६७ प्रतिशत हो। पुस ३० गते एकै दिन १७ अर्ब ८० करोड रुपैयाँ राजस्व संकलन भएको महाशाखाले जनाएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

गत आर्थिक वर्ष २०८१/८२ मा भने वार्षिक राजस्व लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ रहेको थियो। उक्त वर्ष पुससम्मको लक्ष्य ६ खर्ब ७२ अर्ब ८१ करोड रुपैयाँ रहेकामा पुस मसान्तसम्म जम्मा ५ खर्ब ६७ अर्ब ४० करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो। सोही वर्ष पुस महिनामा १ खर्ब ६१ अर्ब ६२ करोड रुपैयाँ राजस्व उठेको थियो।

चालु आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा राजस्व संकलनमा सुधार देखिए पनि लक्ष्यअनुसारको गति हासिल गर्न आगामी महिनाहरूमा संकलन प्रयास अझ तीव्र बनाउनुपर्ने देखिन्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.