काठमाण्डौ । सुपरमाई हाईड्रोपावर लिमिटेडको लक इन आवधि फागुन ४ गते समाप्त हुने भएको छ । कम्पनीको संस्थापक समूहको सेयर, कर्मचारीका लागि सुरक्षित सेयर र आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दालाई सुरक्षित कुल ४८ लाख २५ हजार ७ सय कित्ता सेयरको लक इन अवधि फागुन ४ गते समाप्त हुन लागेको हो ।
कुल सेयर संख्यामा संस्थापक समूहको ४२ लाख ८० हजार कित्ता, कर्मचारीका लागि सुरक्षित १० हजार ७ सय कित्ता र आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दालाई सुरक्षित ५ लाख ३५ हजार कित्ता सेयर रहेको छ ।
कम्पनीले स्थानिय बासिन्दाका लागि विसं २०७९ मंसिर २१ गतेदेखि पुस १३ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । यस्तै कम्पनीले आम सर्वसाधारण(कर्मचारी समेत)का लागि भने विंस २०७९ माघ २३ गतेदेखि माघ २६ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । कम्पनीले उक्त आईपीओ २०७९ फागुन ५ गते बाँडफाँड गरेको थियो ।
धितोपत्र दर्ता तथा निष्कासन नियमावलीअनुसार कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको,स्थानिय बासिन्दा तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ । यो अवधिमा यस्ता सेयरहरु बिक्री गर्न नपाइने व्यवस्था रहेको छ ।
कम्पनीले सञ्चालक सदस्य रहेका व्यक्ति तथा कम्पनीको व्यवस्थापन तहमा रहेका कर्मचारीहरुले खरिद बिक्री गर्न नपाउने स्पष्ट पारेको छ ।

