मंगलवार, श्रावण ५,२०८३ 05:22:33
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 05:22:33
Bizshala
Global IME Bank Limited

पूर्वअर्थमन्त्रीहरूको नयाँ राजनीतिक प्रतिस्पर्धा, को कहाँबाट लड्दैछन् चुनाव ?

पूर्वअर्थमन्त्रीहरूको नयाँ राजनीतिक प्रतिस्पर्धा, को कहाँबाट लड्दैछन् चुनाव ?
New Office

काठमाण्डौ । आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा पूर्वअर्थमन्त्रीहरू समेत निर्वाचन मैदानमा होमिएका छन्। यसपालि अनुभव र रणनीतिक सोचले राजनीतिक प्रतिस्पर्धालाई नयाँ आयाम दिने अपेक्षा गरिएको छ।

पूर्वप्रधानमन्त्री तथा पूर्वअर्थमन्त्री डा. बाबुराम भट्टराई प्रगतिशील लोकतान्त्रिक पार्टीबाट गोरखा–२ क्षेत्रबाट चुनावी मैदानमा उत्रिएका छन्। यसअघि उनले तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का लागि सो क्षेत्र छाडेका थिए।

एमालेका वरिष्ठ नेता विष्णुप्रसाद पौडेल रुपन्देही–२ बाट उम्मेदवार बनेका छन्। उनी यसअघि पाल्पाबाट उठ्ने योजना भएपनि विरोधपछि रुपन्देहीबाटै चुनावी प्रतिस्पर्धा गर्न लागेका हुन्। पौडेलले २०५६ सालदेखि चुनाव लड्दै आएका छन् र आठ पटक मन्त्री रहिसकेका छन्।

यस्तै कांग्रेसबाट डा. प्रकाशशरण महत नुवाकोट–१ बाट चुनावी प्रतिस्पर्धामा छन्। यस क्षेत्रमा गत निर्वाचनमा माओवादी केन्द्रका हितबहादुर तामाङ विजयी भएका थिए।

नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन रोल्पाबाट तेस्रो पटक उम्मेदवार बनेका छन्। उनी २०७४ र २०७९ सालको निर्वाचनमा विजयी भएका थिए ।

सुनसरी–४ बाट ज्ञानेन्द्रबहादुर कार्की पुनः कांग्रेसको टिकटमा मैदानमा छन्।

यस्तै रुकुम पश्चिमबाट जनार्दन शर्मा उम्मेदवार भएका छन्।

यसैबीच स्वास्थ्य कारणले कांग्रेसका वरिष्ठ नेता डा. रामशरण महत, महेश आचार्य, वर्तमान सरकारका अर्थमन्त्री रामेश्वर खनाल, एमालेका सुरेन्द्र पाण्डे, डा. युवराज खतिवडा, नेपाली कम्युनिस्ट पार्टीका कृष्णबहादुर महरा, र राप्रपा नेता प्रकाशचन्द्र लोहनी भनृ यसपटक  निर्वाचनमा प्रतिस्पर्धामा छैनन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.