शुक्रबार, बैशाख ४,२०८३ 02:33:21
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 02:33:21
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अमेरिकी प्रतिबन्धबीच भारतसँग सुनमार्फत कारोबार गर्दै रुस, १० महिनामा ५ करोड डलर बढीको निर्यात

Bizshala
अमेरिकी प्रतिबन्धबीच भारतसँग सुनमार्फत कारोबार गर्दै रुस, १० महिनामा ५ करोड डलर बढीको निर्यात
Shivam Cement

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस फर्किएपछि युक्रेन युद्ध रोक्ने उद्देश्यले रुसको ऊर्जा निर्यातलाई लक्षित गर्दै कडा प्रतिबन्धहरू लागू गरेका थिए। यस क्रममा भारतजस्ता देशहरूले रुसी तेल खरिद गरेबापत ट्यारिफ पनि लगाइएको थियो। तर यी प्रयासका बाबजुद रुस कमजोर पर्नुको सट्टा अब अमेरिकी प्रतिबन्धलाई छल्ने वैकल्पिक उपाय अपनाइरहेको देखिएको छ।

रुसले भारतसँगको कारोबारमा अब सुन प्रयोग गर्न थालेको रुसी सरकारी समाचार एजेन्सी आरआईए नोवोस्तीले जनाएको छ। भारतको वाणिज्य तथा उद्योग मन्त्रालयको तथ्यांक उद्धृत गर्दै एजेन्सीले सन् २०२५ का पहिलो १० महिनामा रुसले भारतलाई ५ करोड अमेरिकी डलरभन्दा बढी मूल्यको सुन निर्यात गरेको जनाएको छ।

रिपोर्टअनुसार, सन् २०२१ पछि सबैभन्दा ठूलो सुन ढुवानी अगस्ट २०२५ मा २ करोड ३४ लाख डलरबराबरको भएको थियो। त्यसपछि अक्टोबरमा थप २ करोड ६९ लाख डलर मूल्यको सुन भारत पठाइएको थियो।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

अमेरिकी प्रशासनले अगस्टमै भारतले रुसी तेल खरिद गरेको आरोपमा २५ प्रतिशत अतिरिक्त ट्यारिफ लगाएको थियो। यससँगै भारतमाथि अमेरिकी कुल ट्यारिफ ५० प्रतिशत पुगेको छ, जुन विश्वमै उच्च दरमध्ये एक मानिन्छ। यो ट्यारिफ अझै पनि कायम छ।

रुसी तेल खरिदबाट प्राप्त आम्दानीले राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन युद्ध जारी राख्न आर्थिक सहयोग पुर्‍याइरहेको अमेरिकाले आरोप लगाएको छ। यद्यपि केही रिपोर्टहरूमा अमेरिकी ट्यारिफपछि भारतले रुसी तेलको खरिद घटाएको दाबी गरिएको छ।

CG Motors
Garima Development Bank
IME remit

यसैबीच, रुसी सञ्चारमाध्यमहरूले जनाएअनुसार रुसले आफ्नो नेशनल वेल्थ फन्डबाट विदेशी मुद्रा बिक्री तीव्र बनाउने तयारी गरेको छ। साथै, सुन भण्डारबाट पनि सुन निकाल्ने योजना बनाइएको छ। अमेरिकी प्रतिबन्धका कारण तेल तथा ग्यास निर्यातबाट हुने आम्दानी घटेपछि यस्तो कदम चालिएको बताइएको छ।

मस्को टाइम्सका अनुसार रुसी वित्त मन्त्रालयले जनवरी १६ देखि फेब्रुअरी ५ सम्म दैनिक १६ करोड ५० लाख डलर बराबरको चिनियाँ युआन र सुन बिक्री गर्ने योजना बनाएको छ। कुल बिक्री २ अर्ब ४८ करोड डलर पुग्नेछ, जुन कोभिड–१९ संकटकालभन्दा पनि बढी हो। रिपोर्टमा पछिल्ला चार वर्षमा रुसले आफ्नो फन्डबाट करिब ६० प्रतिशत सुन बिक्री गरिसकेको उल्लेख छ।

यो घटनाक्रमले अमेरिकी प्रतिबन्धबीच पनि रुसले वैकल्पिक वित्तीय रणनीतिमार्फत अन्तर्राष्ट्रिय व्यापार जारी राख्न खोजिरहेको संकेत गर्दछ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.