काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलतर्फ उड्ने तयारीमा रहेको टर्किश एयरलाइन्सको टीके–७२७ उडान आकस्मिक रूपमा रोकिएको छ।
उडानका लागि धावनमार्गमा दौडिसकेको जहाजले इन्डिकेशन प्रणालीमा असामान्य संकेत देखाएपछि पाइलटहरूले सुरक्षा सुनिश्चित गर्दै जहाजलाई पार्किङ क्षेत्रमा फर्काएका हुन्। इन्डिकेशनमा समस्या देखिएपछि जहाज आकस्मिक रूपमा रोकिएको र प्राविधिक जाँचपछि मात्रै उडानमा फर्किने जनाइएको छ ।

