आईतवार, श्रावण ३१,२०८३ 05:32:36
Bizshala
  • आईतवार, श्रावण ३१,२०८३ 05:32:36
Bizshala
Global IME Bank Limited

बजाज ‘नेक्स्ट जेन महा—एक्सचेन्ज कार्निभल’मा आकर्षक एक्सचेन्ज अफर

Prabhu Bank Limited
बजाज ‘नेक्स्ट जेन महा—एक्सचेन्ज कार्निभल’मा आकर्षक एक्सचेन्ज अफर
New Office

काठमाण्डौ । नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले विश्वप्रसिद्ध दुईपांग्रे सवारी ब्रान्ड बजाजको ‘बजाज नेक्स्ट जेन महा–एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ । यही माघ ११ गतेदेखि १७ गतेसम्म काठमाण्डौको भृकुटीमण्डपमा सञ्चालन हुने यस कार्निभलमार्फत ग्राहकहरूले बजाजका नयाँ पुस्ताका मोटरसाइकलहरू आकर्षक अफरसहित खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

यस कार्निभलको मुख्य आकर्षणका रूपमा नयाँ बजाज पल्सर २२०एफ एफआई बीएससिक्सको औपचारिक सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । कार्निभलमै पहिलोपटक सार्वजनिक भएको यस नयाँ पल्सर एफ२२० एफआई बीएससिक्सले बजाज प्रेमीहरूलाई थप उत्साहित बनाउने अपेक्षा गरिएको छ । विशेषगरी फुल डिजिटल कन्सोल, फ्युल इन्जेक्सन, एबिएस र नयाँ ग्राफिक्ससहितको बजाज पल्सर २२०एफ रु. ४,३९,९०० को शुरुवाती मूल्यमा उपलब्ध गराइनेछ ।

CG Motors

कार्निभलमा पुराना बाइक साटेर नयाँ बजाज बाइक खरिद गर्न चाहने ग्राहकहरूका लागि नागरिकताको भरमा बाइक लोन, अन–द–स्पट फाइनान्स, निःशुल्क एक्सेसरिज तथा २२ भन्दा बढी भ्यालुएटरमार्फत उत्कृष्ट एक्सचेन्ज भ्यालुएसनको व्यवस्था गरिएको छ । बजार मूल्यभन्दा रु. ८,००० सम्म बढी भ्यालुएसन प्राप्त गर्न सकिने कम्पनीले उल्लेख गरेको छ ।

नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीका अनुसार, यो कार्निभल नयाँ बाइक किन्ने योजना बनाइरहेका ग्राहकहरूका लागि एकै स्थानमा सबै सुविधा प्राप्त गर्ने सुनौलो अवसर हो ।

पाँच वर्षको वारेन्टी तथा सहज फाइनान्स सुविधाले ग्राहकलाई अझ सहज र भरपर्दो बनाउने कम्पनीको विश्वास रहेको छ ।

बजाज नेक्स्ट जेन महा–एक्सचेन्ज कार्निभलसम्बन्धी थप जानकारीका लागि नजिकको बजाज शोरूम वा बजाजका आधिकारिक सामाजिक सञ्जालमार्फत जानकारी लिन सकिने पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.