मंगलवार, कार्तिक ३,२०८३ 02:35:07
  • मंगलवार, कार्तिक ३,२०८३ 02:35:07
Global IME Bank Limited

झापामा मतदातासँग ‘कसलाई भोट दिनुहुन्छ ?’ भनेर प्रश्न सोध्न रोक

Bizshala
झापामा मतदातासँग ‘कसलाई भोट दिनुहुन्छ ?’ भनेर प्रश्न सोध्न रोक
New Office

काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय झापाले मतदातासँग कुन दल, उम्मेदवार वा निर्वाचन चिह्नमा मतदान गर्ने भन्ने विषयमा प्रश्न गर्न नपाइने निर्णय गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत अञ्जन न्यौपाने र तेजप्रकाश प्रसाईंद्वारा जारी विज्ञप्तिमा सामाजिक सञ्जालको प्रयोग गरी केही अनलाइन सञ्चार माध्यमले मतदातासँग यस प्रकारका प्रश्न सोधेर मतदाताको गोपनीयता भंग गरिरहेको जानकारी प्राप्त भएको उल्लेख गरिएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

विज्ञप्तिमा फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जालमार्फत सर्वसाधारण तथा मतदातासँग कुन दल, उम्मेदवार वा निर्वाचन चिह्नमा मतदान गर्ने भन्ने प्रश्न गर्नु निर्वाचन आचारसंहिता, २०८२ को दफा ४९द० बमोजिम आचारसंहिता उल्लंघन हुने स्पष्ट गरिएको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

जिल्ला प्रशासन कार्यालयले सूचना जारी भइसकेपछि पनि यस्तो कार्य गरेको पाइएमा प्रचलित कानूनअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ। 

साथै, मतदाताको गोपनीयता कायम गर्न सम्बन्धित सबै पक्षलाई आचारसंहिता पालना गर्न प्रशासनले आग्रह गरेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.