आईतवार, श्रावण १०,२०८३ 03:49:54
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 03:49:54
Bizshala
Global IME Bank Limited

पुनः आकाशमा फर्कियो सौर्य एयरलाइन्स , एओसी २०२७ सम्मका लागि नवीकरण

पुनः आकाशमा फर्कियो सौर्य एयरलाइन्स , एओसी २०२७ सम्मका लागि नवीकरण
New Office

काठमाण्डौ । डेढ वर्षअघि भएको घातक दुर्घटनापछि निलम्बनमा परेको निजी वायुसेवा कम्पनी सौर्य एयरलाइन्सले व्यापक सुरक्षा सुधार र नियामक अडिट पूरा गरेपछि पुनः उडान अनुमति पाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले माघ ४ गते कम्पनीको एयरक्राफ्ट अपरेटर सर्टिफिकेट (एओसी) नवीकरण गर्दै अघिल्लो निलम्बन फुकुवा गरेको हो।

सौर्य एयरलाइन्सको एओसी सन् २०२७ सम्मका लागि नवीकरण गरिएको छ। प्राधिकरणका अनुसार सुरक्षा अडिट, तालिम, दस्तावेज व्यवस्थापन तथा डिजिटल प्रणालीसम्बन्धी सुधार पूरा भएपछि कम्पनीलाई नियमित तथा वैकल्पिक उडान सञ्चालनको अनुमति दिइएको हो।

२०८१ साउन ९ गते काठमाण्डौबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज बिहान ११ः११ बजे उड्ने वित्तीकै विमानस्थल नजिकै दुर्घटना भएको थियो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना सवार थिए ।

दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनामा विमानका क्याप्टेन मनिष शाक्य भने बाच्न सफल भएका थिए ।  जहाज सि–चेक नामक विस्तृत प्राविधिक निरीक्षणका लागि काठमाण्डौबाट पोखरातर्फ उडेको थियो। उक्त दुर्घटनापछि प्राधिकरणले सौर्यको एओसी अनिश्चितकालका लागि निलम्बन गरेको थियो।

नवीकरणसँगै सौर्य एयरलाइन्सले चन्द्रगढी (भद्रपुर), विराटनगर, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा), पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नेपालगञ्ज र धनगढी विमानस्थलमा उडान सञ्चालनको अनुमति पाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.