शनिबार, श्रावण २,२०८३ 11:15:16
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 11:15:16
Bizshala
Global IME Bank Limited

सन लाइफको सावधिक जीवन बीमा योजनाप्रति आकर्षण बढ्दै, दीर्घकालीन बचत र आकस्मिक स्वास्थ्य सुरक्षाको सुनिश्चितता

सन लाइफको सावधिक जीवन बीमा योजनाप्रति आकर्षण बढ्दै, दीर्घकालीन बचत र आकस्मिक स्वास्थ्य सुरक्षाको सुनिश्चितता
New Office

काठमाण्डौ । बढ्दो जीवन खर्च, अनिश्चित आम्दानी र आकस्मिक स्वास्थ्य जोखिमका कारण नेपाली परिवारहरूको वित्तीय सोचमा पछिल्ला वर्षहरूमा उल्लेखनीय परिवर्तन देखिन थालेको छ। पहिले जीवन बीमालाई केवल जोखिम कभरको रूपमा बुझ्ने प्रवृत्ति रहे पनि अहिले बीमालाई दीर्घकालीन बचत, आर्थिक अनुशासन र आपतकालीन सुरक्षाको संयोजनका रूपमा हेर्ने धारणा बलियो हुँदै गएको छ।

यही परिवर्तित आवश्यकता बीच, बीमा बजारमा सन लाइफ सावधिक जीवन बीमा ९भ्लमयधmभलत एबिल० र सन मेडिकेयर जस्ता योजनाप्रति आकर्षण बढ्दै गएको देखिन्छ। बीमा क्षेत्रका विज्ञहरूका अनुसार, यी दुई योजनाको संयोजनले जीवनको दीर्घकालीन योजना र आकस्मिक जोखिम दुवैलाई सम्बोधन गर्ने भएकाले ग्राहकको विश्वास बढिरहेको हो।

बचत र सुरक्षा एकै योजनामा

सन लाइफ सावधिक जीवन बीमा योजना एक Endowment Plan With Profit हो, जसले बीमितलाई बीमा अवधिभर जोखिम सुरक्षा प्रदान गर्नुका साथै बीमा अवधि समाप्त हुँदा बीमाङ्क रकमसँगै नियमअनुसारको आर्जित बोनस एकमुष्ट रूपमा उपलब्ध गराउँछ। यसले जोखिमको अवस्थामा परिवारलाई सुरक्षित गर्दै भविष्यका लक्ष्य पूरा गर्ने पूँजी सुनिश्चित गर्छ।

बीमा अवधिभर नियमित बीमाशुल्क तिर्ने व्यवस्थाले बचतको अनुशासन विकास गर्ने र शिक्षाको खर्च, घर निर्माण, व्यवसाय विस्तार वा सेवानिवृत्तिपछिको जीवन व्यवस्थापनजस्ता लक्ष्यहरूलाई व्यवस्थित बनाउने आधार तयार गर्ने विज्ञहरूको भनाइ छ। यही कारणले यो योजना दीर्घकालीन सोच राख्ने मध्यम वर्गीय परिवार र युवा पेशाकर्मीहरूका बीच लोकप्रिय बन्दै गएको छ।

स्वास्थ्य जोखिमका लागि मेडिकेयरको भूमिका

उता, आर्थिक योजनाको अर्को महत्वपूर्ण पक्ष—आकस्मिक स्वास्थ्य आपतकाल—लाई सम्बोधन गर्न सन मेडिकेयर राइडर सुविधाले महत्वपूर्ण स्थान ओगट्न थालेको छ। आकस्मिक शल्यक्रिया, दुर्घटना वा गम्भीर रोगको अवस्थामा हुने स्पताल भर्ना मा यो योजनाले अस्पताल बसाइको अवधिका आधारमा तत्कालै भुक्तानी प्रदान गर्ने व्यवस्था गरेको छ।

उपचार खर्चको बिल संकलन र प्रक्रियागत झन्झटमा अल्झिनु नपर्ने यो सुविधाले आपतकालीन अवस्थामा परिवारलाई तत्काल आर्थिक राहत दिने बीमा कम्पनीको दाबी छ। बीमा विज्ञहरूका अनुसार, यस्तो संरचनाले स्वास्थ्य संकटका बेला उपचार खर्चको जोहो गर्ने भन्दा केवल उपचारमा ध्यान केन्द्रित गर्न सहयोग पुर्‍याउँछ।

दोहोरो आवश्यकता, एउटै दृष्टिकोण

विशेषज्ञहरूका अनुसार, सावधिक जीवन बीमा र मेडिकेयरको संयोजनले दीर्घकालीन वित्तीय लक्ष्य र छोटो अवधिको आकस्मिक जोखिम दुवैलाई एकै ढाँचामा समेट्छ। जीवन बीमाले भविष्य सुरक्षित गर्ने आधार तयार गर्दा मेडिकेयरले आकस्मिक स्वास्थ्य जोखिमबाट तत्काल सुरक्षा प्रदान गर्छ।

बढ्दो महँगी र अनिश्चित जीवनशैलीका बीच, बीमालाई केवल कानुनी औपचारिकता होइन, आर्थिक रणनीतिको अभिन्न अङ्गका रूपमा लिने प्रवृत्ति विस्तार हुँदै गएको देखिन्छ। यही सन्दर्भमा, सन्तुलित बीमा समाधानतर्फको यो आकर्षण नेपाली बीमा बजारको बदलिँदो यथार्थको संकेत भएको विश्लेषकहरूको निष्कर्ष छ।

योजनाका विस्तृत विवरण, सेवा शर्त तथा अद्यावधिक जानकारी कम्पनीको आधिकारिक वेबसाइट तथा आधिकारिक व्हाट्सएप माध्यममार्फत उपलब्ध गराइएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.