शुक्रबार, श्रावण १,२०८३ 01:21:01
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 01:21:01
Bizshala
Global IME Bank Limited

शाओमीको पहिलो इलेक्ट्रिक कारले बनायो विश्वलाई चकित पार्ने रेकर्ड

शाओमीको पहिलो इलेक्ट्रिक कारले बनायो विश्वलाई चकित पार्ने रेकर्ड
New Office

काठमाण्डौ । मोबाइल फोन निर्माता कम्पनी शाओमीको पहिलो इलेक्ट्रिक कार एसयु ७ प्रोले आफ्नो ब्याट्री लाइफ र प्रदर्शनले विश्वलाई अचम्ममा पारिदिएको छ। चीनका एक व्यक्तिले यो कारसँग यस्तो रेकर्ड बनाएका छन्, जुन सामान्यतया असम्भव मानिन्छ।

चीनका मिस्टर फेङले आफ्नो एसयु ७ प्रो कारलाई विगत १८ महिनामा २ लाख ६५ हजार किलोमिटरसम्म चलाएका छन्। यसको अर्थ, उनले दैनिक औसत ६०० किलोमिटर ड्राइभ गरेका छन्, त्यो पनि लगातार।

अत्यधिक प्रयोग र ५०० भन्दा बढी चार्ज पछि पनि कारको ब्याट्री स्वास्थ्य ९४.५ प्रतिशत कायम भएको छ। सामान्यतया इलेक्ट्रिक कारको ब्याट्री अधिक प्रयोगसँगै छिट्टै घट्ने मानिन्छ। तर एसयु ७ प्रोले यो धारणालाई उल्टाई दिएको छ ।  

टेस्ला कारको ब्याट्राी क्षमता १ लाख ६० हजार किलोमिटर कुदेपछि ७० प्रतिशतमा सीमित बन्छ । तर शाओमीको कारले टेस्लाको अनुमानभन्दा धेरै दूरी तय गर्दा पनि ब्याट्री क्षमता केवल ५.५ प्रतिशत मात्र घटेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.