शनिबार, जेष्ठ २,२०८३ 11:59:48
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 11:59:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेशनल लाईफको ३९औं वार्षिकोत्सव सम्पन्न

Laxmi Sunrise Bank Limited
नेशनल लाईफको ३९औं वार्षिकोत्सव सम्पन्न
Shivam Cement

काठमाण्डौ । नेशनल लाईफ इन्स्यारेन्स कम्पनीले आफ्नो ३९ औं वार्षिकोत्सव समारोह सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी भव्य रुपमा सम्पन्न गरेको छ ।

काठमाण्डौस्थित होटल ह्यात सेण्ट्रिकमा सम्पन्न समापन समारोहको पानसमा दीप प्रज्वलन गरी समुद्घाटन गर्दै कम्पनीकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंंहले कम्पनीलाई अग्रस्थानमा पुर्याउन मुख्य भुमिका खेल्ने कर्मचारी, अभिकर्ता, बीमित वर्गहरु, शुभेच्छुक, सरोकारवालाहरु तथा सवैप्रति हार्दिक आभार व्यक्त गरिन् । 

उनले सेवाग्राहीहरुलाई उच्चस्तरिय तथा सर्व सुलभ सेवा प्रदान गरी कम्पनीको व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्य अनुरुप कर्मचारीहरुलाई प्रविधिमा थप दक्ष बनाउने तर्फ कम्पनीले विशेष ध्यान दिँदै आएको र यसै सन्दर्भमा कम्पनीका सम्पूर्ण प्रशासनिक कर्मचारीहरुलाई आर्टिफिसियल इण्टिलिजेन्स सम्वन्धि विस्तृत तालिम प्रदान गरिएको बताउनुका साथै यस प्रकारका तालिमलाई निरन्तरता दिईने पनि बताइन् ।

Bizshala
New Office
CG Motors

सो समारोहमा, प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कर्मचारी, अभिकर्ता बीमित, लगायत सरोकारवाला सबैको प्रत्यक्ष अप्रत्यक्ष साथ र सद्भावले गर्दा कम्पनीले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको र भविष्यमा पनि यस प्रकारको साथ सद्भाव प्राप्त रहने विश्वास व्यक्त गरे ।

साथै उनले नियामक निकाय लगायत अन्य सम्वन्धित संस्थाहरुबाट प्राप्त मार्गदर्शन र सहयोगका लागि पनि कृतज्ञता ज्ञापन गरे । सो अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत मातृ नेपाल बालगुह तारकेश्वरलाई शैक्षिक सामाग्री वितरण सहित तहाँ रहेका बाल बालिकाहरुलाई खाना खवाउनुका साथै रक्तदान कार्यक्रम समेत सम्पन्न गरिएको र सोही अवसरमा  कम्पनीका देशैभर रहेका प्रदेश तथा शाखा कार्यालयहरुले पनि विभिन्न वृद्धाश्रम, बाल कल्याण संस्था एवं मानव सेवा आश्रम जस्ता संस्थाहरुमा यस प्रकारका कार्यक्रमहरु आयोजना गरिएको बताए ।  

Garima Development Bank
Shivam Cement
IME remit

उनले कर्मचारीहरुलाई आन्तरिक क्रियाकलापमा सहभागि गराई शाररीक तथा मानिसिक रुपमा सवल र सक्षम बनाउने उदेश्यले अन्तर कर्मचारी खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष तथा महिलाको क्रिकेट, फुटसल, टेवुल टेनिस र बुद्धिचाल जस्ता विभिन्न प्रकारका खेल प्रतियोगिताहरु आयोजना गरिएको बताए ।

मनोरञ्जानात्मक प्रस्तुती सहित भव्य रुपले सम्पन्न गरिएको बार्षिकोत्सव समापन कार्यक्रममा अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले विविध खेलकुदमा विजेता कर्मचारीहरुलाई पदक तथा प्रमाण पत्र र रक्तदान गर्ने कर्मचारीहरुलाई प्रमाण पत्र प्रदान गर्नुका साथै नृत्य प्रदर्शन गर्ने कर्मचारीहरुलाई मायाको चिनो प्रदान गरिन् ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.