मंगलवार, असार १६,२०८३ 08:16:45
Bizshala
  • मंगलवार, असार १६,२०८३ 08:16:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सामसुङले सार्वजनिक गर्‍यो ग्यालेक्सी एस२६ सिरिज, यस्ता छन् फिचर्स

Laxmi Sunrise Bank Limited
सामसुङले सार्वजनिक गर्‍यो ग्यालेक्सी एस२६ सिरिज, यस्ता छन् फिचर्स

काठमाण्डौ । दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङले आफ्नो सबैभन्दा शक्तिशाली स्मार्टफोन सिरिज सामसुङ ग्यालेक्सी एस२६ विश्वव्यापी बजारमा सार्वजनिक गरेको छ। नयाँ सिरिजअन्तर्गत सामसुङ ग्यालेक्सी एस२६ अल्ट्रा, सामसुङ ग्यालेक्सी एस२६ प्लस र सामसुङ ग्यालेक्सी एस२६ मोडेलहरू प्रस्तुत गरिएका छन्।

साथै, सामसुङ ग्यालेक्सी बर्ड फोर सिरिज पनि सार्वजनिक गरिएको छ। सबै डिभाइसको प्रि–बुकिङ सुरु भइसकेको छ भने मार्च ११ देखि बिक्री खुला गरिनेछ।

अमेरिकाको सान जोसस्थित एसएपी सेन्टरमा फेब्रुअरी २६ मा आयोजित कार्यक्रममा कम्पनीले विशेष गरी एस२६ अल्ट्रालाई उन्नत गोपनीयता सुविधासहित प्रस्तुत गरेको छ।

एस२६ अल्ट्राका मुख्य गोपनीयता विशेषताहरू

१. प्राइभेसी डिस्प्ले

यस फिचरमार्फत स्क्रिनलाई सिधाबाट हेर्दा स्पष्ट देखिने तर छेउबाट हेर्दा धमिलो वा कालो देखिने बनाइएको छ। प्रयोगकर्ताले सेटिङ्स वा पावर बटन दुई पटक थिचेर यसलाई तुरुन्त अन÷अफ गर्न सक्छन्।

–पार्शियल स्क्रिन प्राइभेसीः ओटीपी, पासवर्ड जस्ता संवेदनशील भागमा मात्र लागू गर्न सकिने।

–म्याक्सिमम प्राइभेसी प्रोटेक्सनः पूरै स्क्रिन सुरक्षित गर्ने सुविधा।

New Office
CG Motors
Garima Development Bank

२. प्राइभेसी अलर्ट्स

एआई र मेसिन लर्निङमा आधारित यो प्रणालीले कुनै एपले प्रयोगकर्ताको अनुमति बिना लोकेसन, कल लग वा कन्ट्याक्ट एक्सेस गर्न खोजेमा रियल–टाइम अलर्ट दिनेछ।

३. एडभान्स्ड नक्स प्रोटेक्सन

नक्स भल्टः पिन, पासवर्ड र बायोमेट्रिक डाटा छुट्टै हार्डवेयर चिपमा सुरक्षित राख्ने।

नक्स इन्हान्स्ड इनक्रिप्टेड प्रोटेक्सनः प्रत्येक एपको डाटालाई छुट्टाछुट्टै इन्क्रिप्ट गरी ह्याकिङबाट जोगाउने।

४. प्राइभेट एल्बम

ग्यालेरीभित्रै छुट्टै सुरक्षित ‘प्राइभेट एल्बम’ सुविधा उपलब्ध छ, जसमा व्यक्तिगत फोटो तथा भिडियो नक्स सुरक्षासहित सुरक्षित राख्न सकिन्छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

५.एआईमा आधारित कल स्क्रिनिङ

अपरिचित नम्बरबाट आएको कलको पहिचान गरी प्रयोगकर्तालाई पहिले नै जानकारी दिने सुविधा उपलब्ध छ, जसले स्पाम कल नियन्त्रणमा सहयोग पुर्‍याउँछ।

ग्यालेक्सी एस२३ का एडभान्स्ड फिचर

नयाँ सिरिजमा क्रियटिभ फोटो, फोटो असिस्ट, अडियो इरेजर,अटो ट्रिम, नोटछ समरी, च्याट असिस्ट तथा अपग्रेड गरिएको सर्कल टु सर्च २.० जस्ता सुविधा समावेश छन्।

भिडियो सम्पादन र ८ के रेकर्डिङ

ग्यालेक्सी एआई मार्फत भिडियो सम्पादन गर्न सकिनेछ। साथै ३० एफपीएस मा ८ के भिडियो रेकर्डिङ, नाइटोग्राफी (लो–लाइट फोटोग्राफी), सुपर स्टेडी भिडियो र नयाँ एपीभी कोडेकको सुविधा दिइएको छ, जसले कम साइजमा उच्च गुणस्तरको भिडियो सुरक्षित गर्न मद्दत गर्दछ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.