मंगलवार, असार ९,२०८३ 12:56:46
Bizshala
  • मंगलवार, असार ९,२०८३ 12:56:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मतदानको अघिल्लो रात बुटवलमा तनाव : होटलमै एमाले-रास्वपा कार्यकर्ताबीच कुटाकुट

Laxmi Sunrise Bank Limited
मतदानको अघिल्लो रात बुटवलमा तनाव : होटलमै एमाले-रास्वपा कार्यकर्ताबीच कुटाकुट

बुटवल ।रुपन्देहीको बुटवलस्थित नमोबुद्ध होटलमा चुनावी माहोल चर्किँदा नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच झडप भएको छ। ‘पैसा बाँडिएको’ आरोपलाई लिएर सुरु भएको विवाद अन्ततः कुटाकुटसम्म पुगेको प्रहरीले जनाएको छ।

घटनामा रास्वपामा आबद्ध सैनामैना नगरपालिकाका पूर्वमेयर चित्रबहादुर केसीसहित तीन जना घाइते भएका छन्।

New Office
CG Motors
Garima Development Bank

प्रहरीका अनुसार रुपन्देही क्षेत्र नम्बर–२ बाट चुनाव लडेका रास्वपाका उम्मेदवार सुलभ खरेल बसिरहेको होटलमा एमाले कार्यकर्ताहरू पुगेपछि विवाद सुरु भएको थियो। ‘होटलमा पैसा किन बाँडिएको ?’ भन्दै एमालेसँग सम्बद्ध बाबुराम पन्थीको नेतृत्वमा पुगेको समूह र रास्वपाका कार्यकर्ताबीच भनाभन हुँदै झडप भएको बताइएको छ।

रुपन्देहीका प्रहरी प्रमुख एसपी जनक शाहीले होटलभित्र भएको विवादपछि कुटपिट भएको पुष्टि गर्दै संलग्न व्यक्तिहरूको पहिचान भइसकेको र उनीहरूलाई कानुनी दायरामा ल्याउने प्रक्रिया अघि बढाइएको जानकारी दिए।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उता रास्वपाकी समानुपातिक उम्मेदवार मञ्जु भुसालले भने आफूहरू बैठकमा बसेको बेला एमाले कार्यकर्ताहरू आएर आक्रमण गर्न खोजेको आरोप लगाएकी छन्। उनका अनुसार चुनावमा हारको डरले एमाले पक्ष आक्रामक बनेको हो।

तर स्थानीय एक व्यवसायीले भने फरक दाबी गरेका छन्। नाम नखुलाउने सर्तमा उनले रास्वपाका केही व्यक्ति होटलमा बसेर पैसा बाँड्ने तयारीमा रहेको र त्यसै क्रममा एमाले कार्यकर्ताहरू पुगेपछि झडप भएको बताए। उनका अनुसार घटना भएको स्थानबाट केही बेरमै एउटा झोला बोकेका व्यक्ति भाग्न सफल भएका थिए।

बुटवल बसपार्क अगाडि रहेको उक्त नमोबुद्ध होटल आसपासका स्थानीयले पनि घटनाको क्रममा होहल्ला र भागदौड भएको बताएका छन्।

यसैबीच बिहीबार प्रतिनिधिसभा सदस्यको मतदान हुँदैछ। घटनाबारे प्रतिक्रिया दिँदै रास्वपाका उम्मेदवार सुलभ खरेलले भने, “सबै प्रश्नको उत्तर भोलिको मत परिणामले दिनेछ।”

इलाका प्रहरी कार्यालय बुटवलले भने घटनामा संलग्न व्यक्तिहरूमाथि अनुसन्धान जारी रहेको जनाएको छ।

(समाचारमा प्रयोग गरिएको तस्विर सांकेतिक र एआई निर्मित हो । )

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.