मंगलवार, फाल्गुन २६,२०८२ 03:14:20
Bizshala
  • मंगलवार, फाल्गुन २६,२०८२ 03:14:20
Bizshala
Global IME Bank Limited

अर्थमन्त्रीको विरोधाभास काम: एकातिर रातो पासपोर्ट फिर्ता, जाँदाजाँदै आफ्नो मान्छेलाई डेपुटी गभर्नर बनाउने प्रयास !

स्वर्णिम वाग्लेको आपत्तिपछि प्रधानमन्त्री कुनै नियुक्ति नगर्ने पक्षमा, कार्यकालभरि स्टन्टमै रमाए खनाल

Hyundai Nepal
अर्थमन्त्रीको विरोधाभास काम: एकातिर रातो पासपोर्ट फिर्ता, जाँदाजाँदै आफ्नो मान्छेलाई डेपुटी गभर्नर बनाउने प्रयास !
Shivam Cement

काठमाण्डौ । स्टन्टबाज र लोकप्रियतामा विश्वास गर्ने अर्थमन्त्री डा. रामेश्वर खनालले नयाँ सरकार नबन्दै नयाँ रातो पासपोर्ट(कुटनीतिक राहदानी) फिर्ता गरेका छन् ।  

अर्थमन्त्रीमा नियुक्ति भएलगत्तै थुप्र्रै स्टन्टहरु गरेर चर्चामा आएका र अर्थमन्त्रीको रुपमा ६ महिने कार्यकालमा प्रणालीमा उल्लेख्य सुधारको काम गर्न नसकी विवादै विवादमा मुछिएका डा. खनालले चुनावपछि नयाँ सरकार बन्ने प्रक्रिया सुरु नहुँदै अर्थमन्त्रीको हैसियतको रुपमा प्रयोग गर्दै आएको रातो पासपोर्ट सरकारलाई बुझाएका हुन् ।  

उनले आफूले रातो पासपोर्ट फिर्ता गरेको भन्दै सामाजिक सञ्जालमै सरकारमा दिएको निवेदनसहितको स्टाटस हालेपछि सार्वजनिक रुपमा जानकारीमा आएको हो । 

उनले दिएको निवेदनमा भनिएको छः'मलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराईएको कुटनीतिक राहदानी नम्बर DA0002710 को प्रयोजन समाप्त भएकाले परराष्ट मन्त्रालयको राहदानी विभागमा फिर्ता बुझाइदिनु, राहदानी यसै साथ संलग्न राखी अनुरोध गरेको छु ।' 

रामेश्वरले फेसबुकबाट सार्वजनिक गरेका रातो पासपोर्ट र फिर्ताको निवेदन । 
Bizshala
New Office
Laxmi Sunrise Bank Limited

आफूले जागिर खाएको पूर्व संस्था डोल्मा इम्प्याक्ट फण्डलाई निकै ठूलो कर छुट दिने खनालले विवादास्पद निर्णय गरेका थिए । यो गैरकानूनी र गलत निर्णयको विषयमा उनले कार्यकालभरि समीक्षा गर्न आवश्यक ठानेनन् । जबरजस्तीको शैलीमा कर छुट गराएरै छाड्ने अडानमा अगाडि बढेका खनालको यो गलत काम रोक्न अदालतले नै आदेश दिनुपरेको थियो ।  

यस्तै, पूँजीबजारमा देखिएको विकृतिको मुख्य रुपमा मलजल गर्दै आएको प्रमुख नियामक धितोपत्र बोर्डमाथि भ्रष्टाचारसँग सम्बन्धित बग्रेल्ती उजुरी परे पनि कुनै एक्सन लिन नसकेका(नचाहेका), आफू निकटका अन्य ठूला व्यापारिक घरानालाई अरबौंको कर छुटको निर्णय गराएका, यूरो मापदण्डविपरीतका गाडीहरु आयात गर्न दिएर विवादास्पद छवि बनाएका तथा स्वार्थ समूहका लागि भित्रभित्रै काम गरेका उनको पछिल्लो यो कामलाई केहीले प्रशंसा गरेका छन् भने धेरैले ‘सस्तो प्रचारबाजी’ भनेका छन् ।  

'प्रचार नचाहने र काम गर्नेले खुरुखुरु काम गर्छ, स्टन्ट देखाउने गरी रातो पासपोर्ट फिर्ता गरेको कुरा नयाँ सरकार गठनको प्रक्रिया सुरु नहुँदै फेसबुकमा हाल्दैन ।' अर्थमन्त्रालयका एक सहसचिवले बिजशालासँग भने-'अर्थमन्त्रीजी काम गर्न खोज्ने मान्छे त हो, तर थोरै काम र ज्यादै धेरै आत्माप्रशंसामा रमाउने व्यक्ति हुनुहुँदो रैछ ।'

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

त्यसो त जाँदा जाँदै अर्थमन्त्री डा. खनालले नेपाल राष्ट्रबैंकको डेपुटी गभर्नर छनौटमा लोभ गरेका भन्दै विवादमा आएका छन् । आफूनिकटका केही कार्यकारी निर्देशकहरुलाई डेपुटी गभर्नर बनाउनका लागि उनले गभर्नर डा. विश्वनाथ पौडेललाई नाम सिफारिसका लागि हतारो लगाइरहेका समेत बुझिएको छ । उनले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाका ज्वाई डा. रामशरण खरेललाई जसरी पनि डेपुटी गभर्नर बनाउन चाहेका छन् । खरेलको विकल्पको रुपमा उनले आफ्ना गाउँले रेवती नेपालको नाम अगाडि सारेका छन् । नेपाल समेत केन्द्रीय बैंकमा रहेर केही स्वार्थ समूहको पक्षमा काम गर्ने कार्यकारी निर्देशकको रुपमा विवादास्पद छवि बनाएका पात्र हुन् ।  

हालसालै सम्पन्न भई मतगणना जारी रहेको चुनावमा जनताले दिएको ताजा जनादेशविपरीत अर्थमन्त्रीले केन्द्रीय बैंकमा आफूनिकटका व्यक्ति र एमाले क्याडरलाई प्रवेश गराउन खोजेका स्रोतहरु दाबी गर्छन् । ताजा चुनावी जनादेशले एमालेलाई तेश्रो सानो दलमा सीमित गरिदिएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रचण्ड बहुमत दिएको छ ।  

अर्थमन्त्री डा. खनालको यही लोभ र विवादास्पद गतिविधिका कारण अब बन्ने बहुमतको सरकारको अर्थमन्त्री बन्न लागेका डा. स्वर्णिम वाग्लेले सरकारका उच्च अधिकारीहरुलाई राष्ट्रबैंकको डेपुटी गभर्नर नियुक्ति प्रक्रिया अगाडि नबढाउन भनिसकेका छन् । जनादेशविपरीत अर्थमन्त्री खनाल अगाडि बढ्न खोजेकै कारण डा. वाग्लेले उनको योजना बिफल बनाउन सरकार गठन नहुँदै यस्तो भूमिका खेल्नुपरेको बुझिएको छ । डा. वाग्लेको यो प्रयासलाई अर्थमन्त्री खनालले गलत ढंगले प्रचार गराएका समेत रास्वपाको बुझाई छ । यसपछाडिको कारण समेत खनालको स्वार्थ मात्र रहेको स्रोत दाबी गर्छ । रास्वपास्थित उच्च स्रोतका अनुसार अर्थमन्त्रीले केन्द्रीय बैंकमा कामचलाउ हैसियतमा पुगिसकेको अवस्थामा गर्न खोजेको खेलोफड्कोलाई रोक्ने विषयमा प्रधानमन्त्री सुशीला कार्की सकारात्मक बनेकी छिन् । उनले क्याबिनेटका सबै मन्त्रीहरुलाई रास्वपाको सहमतिबेगर कतै पनि कुनै नियुक्ति नगर्न र त्यस्तो कुनै पनि प्रस्ताव नल्याउन कडा निर्देशन दिएकी बुझिएको छ ।

राष्ट्रबैंकका एक कार्यकारी निर्देशकले निर्वाचनपछि काम चलाउको हैसियतमा पुगेको सरकारका अर्थमन्त्रीले अब आफूहरुको भूमिका सकिएको भन्ने सन्देश दिने उद्देश्यले रातो पासपोर्ट फिर्ता गरिसकेका छन् । 'अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्ने रातो पासपोर्टको मात्र होइन, सरकार नै कामचलाउ बनेको अवस्थामा अर्थमन्त्री पनि कामचलाउ हैसियतमा पुगेका छन् । तर केन्द्रीय बैंकको डेपुटी गभर्नरमा भने लोभ गरिरहनु विरोधाभासपूर्ण देखिन्छ ।' ती कार्यकारी निर्देशकले भने: 'कामचलाउ बनिसकेको सरकारका  अर्थमन्त्रीले जाँदा जाँदै गरेका गलत क्रियाकलाप रोकिनुपर्छ । प्रयोजन नै सकिइसकेको मन्त्रीले कुनै पनि नियुक्तिमा लोभ गर्नु अनुचित हो ।'  

*यसअघिको हेडलाइनमा सामान्य संसोधन गरिएको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.