शुक्रबार, श्रावण २२,२०८३ 08:12:48
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 08:12:48
Bizshala
Global IME Bank Limited

सामुदायिक लघुवित्तले डाक्यो साधारण सभा, सेयर संरचना र मर्जरमा जाने मुख्य एजेण्डा

सामुदायिक लघुवित्तले डाक्यो साधारण सभा, सेयर संरचना र मर्जरमा जाने मुख्य एजेण्डा
New Office

काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर परिमार्जन गर्ने भएकोे छ । संस्थाले संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्ने मुख्य प्रस्ताव राखेर १२औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।  

संस्थाको चैत ३ गते बसेको संचालक समितिको बैठकले सभा चैत २७ गते होटल उग्रचण्डीको सभाहल, बनेपा–०७, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे बस्ने निर्णय गरेको छ ।  

सभाले कम्पनीको हाल संस्थापक सेयर समूह र सर्वसाधारण समूहको सेयर क्रमशः ६१ः११ र ३८ः८९ रहेकोमा साविक सामुदायिक लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर मात्र संस्थाको कुल चुक्तापूँजीको ८.६५ प्रतिशतले सर्वसाधारण सेयरमा परिवर्तन गरी संस्थापक सेयरधनीको तर्फबाट ५३.७२ प्रतिशत र सर्वसाधारण समूहको तर्फबाट ४६.२८ प्रतिशत सेयर स्वामित्व हुनेगरी पूँजी संरचना परिवर्तन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।  

त्यस्तै, वित्तीय संस्था अन्य लघुवित्त वित्तीय संस्थासँग गाभ्ने/गाभिने कार्य सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि संचालक समितिलााई अख्तियारी प्रदान गर्ने पनि मुख्य प्रस्ताव रहेको छ ।

यसका साथै गत आवको वार्षिक प्रतिवेदन पारित गर्ने, सोही आवको वासलात तथा नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरण तथा अनुसूचीहरु छलफल गरी पारित गर्ने सभाको एजेण्डा रहेको छ ।  

संस्थाले चैत १८ गते एक दिन बुकक्लोजको मिति तोकेको छ । यसर्थ चैत १७ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.