काठमाण्डौ । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर र सेयर परिमार्जन प्रस्तावसहित साधारण सभा डाकेको छ ।
संस्थाको चैत ५ गते बसेको संचालक समितिको बैठकले १२औं वार्षिक साधारण सभा चैत २८ गते एशियन बुद्ध होटल, सि.न.पा.–८ रुपन्देही, भैरहवामा बिहान १० बजे बस्ने निर्णय गरेको हो ।
उक्त सभामा लघुवित्त संस्था अन्य लघवित्त संस्थासँग मर्जरमा जाने वा वित्तीय संस्थालाई गाभ्ने वा प्राप्ति गर्ने सम्बन्धित आवश्यक सम्पूर्ण कारबाही अगाडी बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव गरिनेछ ।
साथै संस्थापक तर्फको सेयर स्वामित्व परिवर्तन गरी ५५.५८ प्रीतशत कायम गर्ने तथा सर्वसाधारण तर्फको सेयर स्वामित्व ४४.४२ प्रतिशत कायम गर्नेगरी वित्तीइ संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पारित गरिनेछ ।
त्यस्तै, आव २०८१/८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको वासलात, २०८२ असार मसान्तसम्मको नाफा घाटा हिसाब, नगद प्रवाह लगायतका सम्पूर्ण वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।
यसका साथै संस्थापक समूहका तर्फबाट प्रतिनिधित्व गर्ने रिक्त संचालक पदमा संचालक समितिले गरेको नियुक्तीलााई अनुमोदन गर्ने र बाँकी अवधिको लागि निर्वाचित गर्ने, आव २०८२/८३ को लागि बाह्य लेखापरीक्षक नियु क्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।
साधारण सभा प्रयोजनार्थ संस्थाले चैत १६ गते एक दिनका लागि बुकक्लोको मिति तोकेको छ । यसर्थ चैत १५ गतेसम्म कायम सेयरधनीहरुमात्रै सभामा उपस्थित हुन पाउनेछन् ।

