बुधबार, आश्विन २८,२०८३ 06:32:17
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 06:32:17
Bizshala
Global IME Bank Limited

ओली–लेखक पक्राउमा कांग्रेसको आपत्तिः ‘कार्की आयोगको प्रतिवेदन कार्यान्वयनमा सरकार सेलेक्टिभ’

Bizshala
ओली–लेखक पक्राउमा कांग्रेसको आपत्तिः ‘कार्की आयोगको प्रतिवेदन कार्यान्वयनमा सरकार सेलेक्टिभ’
New Office

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कदमप्रति आपत्ति जनाएको छ। घटनाको करिब १२ घण्टापछि कांग्रेसले प्रेस विज्ञप्ति जारी गर्दै सरकार कार्की आयोगको प्रतिवेदन कार्यान्वयनमा “सेलेक्टिभ” भएको आरोप लगाएको हो।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

कांग्रेसका प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमा एउटै प्रकृतिका घटनामा संलग्न भनिएका सबै पक्षमाथि समान रूपमा कारबाही अघि नबढाई केवल केही व्यक्तिलाई मात्र पक्राउ गरिएकोप्रति गम्भीर प्रश्न उठाइएको छ। विशेषगरी सुरक्षाकर्मीको भूमिकाबारे तत्काल कदम नचालिएको अवस्थामा पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलाई हतारमा पक्राउ गर्नुले सरकारको नियतमाथि शंका उत्पन्न गरेको कांग्रेसको ठहर छ।

विज्ञप्तिमा २०८२ भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गर्न गठित गौरिबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन निष्पक्ष रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिइएको छ। कांग्रेसले उक्त प्रतिवेदन सार्वजनिक गर्न, दोषी पहिचान गरी कानुनअनुसार कारबाही गर्न र पीडितलाई न्याय दिन सरकारसँग माग दोहोर्‍याएको छ।

कांग्रेसले आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा “ड्यु प्रोसेस अफ ल” (कानुनी प्रक्रिया) पालना हुनुपर्ने उल्लेख गर्दै सरकारको हालको कदम कानुनी शासनको मर्मविपरीत देखिएको पनि जनाएको छ। एउटै घटनामा फरक–फरक मापदण्ड अपनाउनु न्यायको सिद्धान्तविरुद्ध हुने भन्दै कांग्रेसले सरकारलाई निष्पक्ष र पारदर्शी ढंगले अघि बढ्न चेतावनी दिएको छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

यसैगरी, विज्ञप्तिमा भदौ २३ र २४ गतेका घटनामा संलग्न सबै व्यक्ति तथा निकायमाथि समान रूपमा अनुसन्धान र कारबाही हुनुपर्ने स्पष्ट पारिएको छ। “हतार र आवेगमा गरिएको निर्णयले कानुनी शासन कमजोर बनाउँछ र देशलाई अस्थिरतातर्फ धकेल्न सक्छ,” भन्दै कांग्रेसले सरकारलाई संयमित र जिम्मेवार ढंगले अघि बढ्न आग्रह गरेको छ।

कांग्रेसको यो धारणा सार्वजनिक भएसँगै ओली–लेखक पक्राउ प्रकरणमा राजनीतिक बहस थप चर्किने संकेत देखिएको छ।

विज्ञप्ति यस्तो छः

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X