शुक्रबार, श्रावण ८,२०८३ 05:23:18
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 05:23:18
Bizshala
Global IME Bank Limited

खाडी संकटमा सरकारको एक्सन: उद्धार उडान सुरु

खाडी संकटमा सरकारको एक्सन: उद्धार उडान सुरु
New Office

काठमाण्डौ ।  सरकारले खाडी क्षेत्रमा रहेका नेपाली नागरिकको उद्धार गर्न विशेष उडान सञ्चालन गर्ने निर्णय गरेको छ। 

बुधबार परराष्ट्रमन्त्री शिशिर खनालको समन्वयमा विभिन्न सरकारी निकायबीच भएको छलफलपछि यस्तो निर्णय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार नेपाल एयरलाइन्समार्फत भोलिदेखि तीन दिनसम्म चार वटा विशेष उडान सञ्चालन गरिनेछ। तय गरिएको तालिकाअनुसार उडानहरू सञ्चालन हुनेछन्।

३ अप्रिल २०२६ मा काठमाडौं–दुबई उडान राति ११ः१५ बजे (स्थानीय समय) प्रस्थान गर्नेछ भने ४ अप्रिल २०२६ मा दुबई–काठमाडौं उडान बिहान ४ः१० बजे (स्थानीय समय) हुनेछ।

यस्तै, ५ अप्रिल २०२६ मा काठमाडौं–दमाम उडान बिहान ८ः३० बजे (स्थानीय समय) र सोही दिन दमाम–काठमाडौं उडान दिउँसो १२ः२० बजे (स्थानीय समय) सञ्चालन हुने जनाइएको छ।

पश्चिम एशियामा जारी तनाव र बिग्रँदो सुरक्षा अवस्थाका कारण गत फेब्रुअरी २८, २०२६ देखि नियमित उडानहरू स्थगित रहेकाले उद्धारका लागि विशेष उडान सञ्चालन गर्न लागिएको मन्त्रालयले स्पष्ट पारेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.