सोमबार, असार १५,२०८३ 11:16:33
Bizshala
  • सोमबार, असार १५,२०८३ 11:16:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

केराको अभावसँगै आकासियो मूल्य

Laxmi Sunrise Bank Limited
केराको अभावसँगै आकासियो मूल्य

काठमाण्डौ । बजारमा पछिल्लो समय केराको अभाव देखिएको छ । भारतीय नाकाबाट हुने अवैध आयात रोकिएसँगै बजारमा केरा अचानक केराको अभाव देखिएको हो । यसअघि त्यस्ता आयातले आपूर्ति धानिरहेको भए पनि त्यसको नियन्त्रणपछि स्वदेशी उत्पादनले माग पूरा गर्न सकिरहेको छैन। फलफूल व्यवसायीहरूका अनुसार यो मूल्यवृद्धि कृत्रिम नभई आपूर्ति प्रणालीमै आएको असन्तुलनको परिणाम हो।

बजारमा उपलब्ध धेरैजसो स्वदेशी केरा गुणस्तरहीन हुँदा उच्चस्तरीय होटल र रेस्टुरेन्टहरूले आयातित विकल्प खोज्न बाध्य हुने गरेका छन्, जसले समग्र बजार मूल्यलाई माथि धकेल्ने गरेको छ।

New Office
CG Motors
Garima Development Bank

अर्कोतर्फ, किसानहरूले आफूहरूले न्यून मूल्यमा उत्पादन बजार पठाइरहेको दाबी गरिरहेका छन्। तर उपभोक्तासम्म आइपुग्दा मूल्य तीनदेखि चार गुणासम्म बढ्नुले बिचौलिया संरचना र वितरण प्रणालीमा पारदर्शिताको अभाव देखिएको छ ।  

सरकारले केरामा आत्मनिर्भरता उच्च रहेको दाबी गरे पनि वास्तविकता भने फरक देखिएको छ। कृषि विज्ञहरूका अनुसार नेपालको उत्पादन क्षमता मौसमी र असंगठित छ, जसले वर्षभरि स्थिर आपूर्ति सुनिश्चित गर्न सक्दैन।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

किसानहरूले आफूहरूले प्रतिदर्जन ५० देखि ८० रुपियाँमा केरा बजार पठाएको दाबी गर्दै बिचौलियाका कारण मूल्य बढेको आरोप लगाउँदै आएका छन् । यद्यपी  कतिपय स्थानमा भने उपभोक्ताले प्रतिदर्जन ३०० देखि ३५० रुपियाँसम्म तिर्नुपरिरहेको गुनासो गरेका छन् । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.