काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चुणामणी चापागाईले राजिनामा दिएको खबर निराधार भएको बताएका छन् ।
विजशालासँग कुरा गर्दै उनले आफूले राजीनामाको खबरमा कुनै सत्यता नभएको प्रष्ट पारेका हुन् ।
‘म अफिसमै आफ्नै काम गरिरहेको छु, तर मिडियाहरुमा भ्रामक समाचार फैलिसकेछ’ उनले भने, ‘मैले राजिनामा दिएको विषयमा कुनै पनि सत्यता छैन यस्तो भ्रामक सूचनाहरु नफैलाइयोस् ।’
सीइओ चापागाईले राजिनामा दिएको खबर केही सञ्चारमाध्यमहरुले प्रकाशन समेत गरेका थिए ।

