बुधबार, श्रावण २०,२०८३ 12:20:54
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 12:20:54
Bizshala
Global IME Bank Limited

नारायणगढ–मुग्लिन सडकमा पहिरो, यातायात प्रभावित

नारायणगढ–मुग्लिन सडकमा पहिरो, यातायात प्रभावित
New Office

काठमाण्डौं । निरन्तर वर्षासँगै नारायणगढ–मुग्लिन सडकखण्ड आंशिक रुपमा अवरुद्द भएको छ ।  

तुइन खोला र पानीधार क्षेत्रमा ढुङ्गासहित पहिरो खस्दा सडकमा सवारी आवागमन प्रभावित भएको छ र केही समयका लागि यात्रुहरूले कठिनाइ भोग्नुपरेको छ।

आज बिहान ५: ४५ बजेपछि खसेको पहिरोका कारण हाल यातायात एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै सवारी सञ्चालन सीमित गरिएको हो।

सडक खुलाउने प्रयास जारी रहेको छ। डिभिजन सडक कार्यालय भरतपुरसँग समन्वय गरेर पहिरो हटाउन डोजर मगाइएको छ र काम तीव्र बनाइँदै गरेको प्रहरीले जनाएको छ ।  

पहिरो खसेको स्थान मुग्लिनबाट करिब पाँच किलोमिटर नारायणगढतर्फ पर्दछ।

यद्यपि, पानीधार क्षेत्रमा खसेका ढुङ्गा भने हटाइसकिएकाले त्यहाँको अवस्था केही सहज भएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.