बुधबार, श्रावण २०,२०८३ 12:20:51
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 12:20:51
Bizshala
Global IME Bank Limited

वाणिज्य महासंघको चुनावी माहोल तात्यो, ७३ पदका लागि १३७ उम्मेदवार प्रतिस्पर्धामा

वाणिज्य महासंघको चुनावी माहोल तात्यो, ७३ पदका लागि १३७ उम्मेदवार प्रतिस्पर्धामा
New Office

काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औँ वार्षिक साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनको तयारी पूरा भएको छ।  

वैशाख २१ र २२ गते आयोजना साधारणसभाले महासंघको नयाँ कार्यसमिति चयन गर्नेछ।

नयाँ नेतृत्पका लागि  ७३ पदका लागि १३७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। 

महासंघका अनुसार कुल २,१५३ मतदाता निर्वाचनमा सहभागी हुनेछन्, जसमा सबैभन्दा धेरै मतदाता एसोसियट समूहबाट छन्।

महासंघको विद्यमान व्यवस्थाअनुसार वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन् भने बाँकी चार उपाध्यक्षसहित अन्य पदका लागि मतदान हुनेछ।

कार्यक्रम तालिकाअनुसार साधारणसभाको उद्घाटन वैशाख २१ गते ललितपुरस्थित होटल रोयल टुलिपमा हुनेछ भने २२ गते नेपाल प्रज्ञा–प्रतिष्ठानमा मतदान गरिनेछ।

निर्वाचनको प्रतिस्पर्धा विशेषगरी वरिष्ठ उपाध्यक्ष पदमा केन्द्रित देखिएको छ।  

यस पदका लागि अञ्जन समूहबाट एसोसियट उपाध्यक्षमा प्रबलजंग पाण्डे, वस्तुगत उपाध्यक्षमा शिवप्रसाद घिमिरे तथा जिल्ला–नगरतर्फ दिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्माले उम्मेदवारी दिएका छन्।

हेमराज ढकाल प्यानलसहित मैदानमा छन्, जसलाई वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल र अञ्जन श्रेष्ठको समर्थन रहेको बताइएको छ। 

सो समूहबाट वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघई वा सुरकृष्ण वैद्यमध्ये एक जना उम्मेदवार बन्ने सम्भावना छ।

ढकाल हाल महासंघको वस्तुगततर्फका उपाध्यक्ष हुन्। 

उनको प्यानलबाट एसोसियट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ र जिल्ला–नगरतर्फका उपाध्यक्षमा कल्पना गैरे तथा उमेश डाल्मिया उम्मेदवार बनेका छन्।

आगामी दिनमा महासंघको नेतृत्व चयन प्रणालीमा पनि परिवर्तन हुने भएको छ।  

हाल वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान रहेपनि अब अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन गर्ने व्यवस्था लागू गरिनेछ, जुन अञ्जन श्रेष्ठको कार्यकालपछि कार्यान्वयनमा आउनेछ।

यसअघि भवानी राणाको कार्यकालमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान ल्याइएको थियो।  

हालका अध्यक्ष चन्द्रप्रसाद ढकालले भने निर्वाचनकै क्रममा अध्यक्ष प्रत्यक्ष निर्वाचित गर्ने प्रतिबद्धता जनाएका थिए।

नयाँ संशोधित विधानअनुसार अब महासंघमा दुई जना वरिष्ठ उपाध्यक्ष रहने छन् र महिला प्रतिनिधित्व बढाउन थप एक महिला उपाध्यक्षको व्यवस्था पनि गरिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.