मंगलवार, असार ९,२०८३ 06:12:26
Bizshala
  • मंगलवार, असार ९,२०८३ 06:12:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आईसीटी फाउन्डेसन नेपालद्वारा बागमती ओरिएन्टेसन सत्र सम्पन्न

Laxmi Sunrise Bank Limited
आईसीटी फाउन्डेसन नेपालद्वारा बागमती ओरिएन्टेसन सत्र सम्पन्न

काठमाण्डौ । आईसीटी फाउन्डेसन नेपालले काठमाडौंस्थित टेकस्पायर कलेजमा “बागमती ओरिएन्टेसन सत्र” सफलतापूर्वक सम्पन्न गरेको छ । इन्क्युबेसन तथा उद्यमशीलता विकासलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा दर्ता भएका १५ टिममध्ये १२ टिमको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रम दिउँसो १:३० बजे सुरु भएको थियो । सहभागी उद्यमीहरूले आफ्ना व्यवसायिक अपेक्षा प्रस्तुत गर्दै सशक्त मेन्टरशिप, लगानी सहयोग तथा नीतिगत तहसम्म पहुँच सुनिश्चित गर्ने वातावरणको आवश्यकता औंल्याएका थिए ।

सत्रमा आईसीटी फाउन्डेसन नेपालकी सञ्चार अधिकारी कृष्पना पौडेलले संस्थासम्बन्धी प्रस्तुति दिँदै स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । त्यसपछि कार्यक्रम संयोजक रचना खरेलले व्यवसाय इन्क्युबेसन सेवाको उद्देश्य र कार्ययोजनाबारे जानकारी गराएकी थिइन् ।

New Office
CG Motors
Garima Development Bank

उक्त कार्यक्रममा एग्रीपोर्टल, बिल्डाकार इन्नोभेसन्स, केयरगिभर म्यानेजमेन्ट सिस्टम, म्याच २४ ओर्बिटल्स, एमएस डिजिटल अटो सोलुसन प्रा. लि., नेपट्र्याक, नेक्स्ट कोर सिस्टम, रिटेल साथी, सम्पर्क डिजिटल लोयल्टी, सतकर्म टेक सोलुसन्स प्रा.लि., द भिजनारिज नेपाल र भेन्डिङ किङ प्रा.लि. लगायतका स्टार्टअप टोलीहरूको सहभागिता रहेको थियो ।

सत्रमा सहभागी टोलीहरूले आफ्नो परिचय दिँदै कम्पनी तथा स्टार्टअप आइडियाबारे २–३ मिनेटको प्रस्तुति दिएका थिए । त्यसपछि भएको अन्तरक्रियात्मक सत्रमा उद्यमी भुषण गिरीले आफ्नो अनुभव साझा गर्दै व्यवसायको कानुनी र वित्तीय पक्ष सुरुदेखि नै व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।

उनले परिपूर्ण उत्पादनको प्रतीक्षामा समय खेर नफाल्दै प्रारम्भिक चरणमै काम अघि बढाउन सुझाव दिए । साथै, सह–संस्थापकबीच लक्ष्य र जिम्मेवारी स्पष्ट हुनुपर्ने र ओकेआर अवधारणालाई अपनाउनु पर्ने धारणा राखे । उनले इलेभेटर पिचको महत्त्वबारे पनि प्रकाश पारे ।

त्यसैगरी, रेशम भण्डारीले “आइडियालाई होइन, समाधानलाई प्रेम गर्नुपर्छ” भन्ने सन्देश दिँदै व्यवसायिक सोचलाई व्यवहारिकता र स्पष्टतासँग जोड्नुपर्नेमा जोड दिए ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कार्यक्रममा औद्योगिक उद्यम विकास संस्थान (IEDI) का इन्जिनियर उमेश गुप्ताले ७५ आवेदनमध्ये ४२ संस्था छनोट भएको र तीमध्ये आईसीटी फाउन्डेसन नेपाल पनि एक रहेको जानकारी दिए । उनले नेपाललाई आईटी इन्जिनियरहरूको देशका रूपमा विकास गर्ने उद्देश्यसहित यो पहल अघि बढाइएको बताए ।

टेकस्पायर कलेजका लक्ष्मण पोखरेलले कलेजले विगतदेखि नै यस्ता इन्क्युबेसन कार्यक्रमहरूमा सहभागिता जनाउँदै आएको उल्लेख गर्दै छनोट भएका टोलीहरूलाई शुभकामना दिएका थिए । कार्यक्रममा प्रश्नोत्तर तथा खुला छलफलसमेत गरिएको थियो । सत्र अपराह्न ४ बजे सम्पन्न भएको थियो ।

आईसीटी फाउन्डेसन नेपालले यस्ता ओरिएन्टेसन तथा इन्क्युबेसन कार्यक्रममार्फत प्रारम्भिक चरणका स्टार्टअपहरूलाई मेन्टरशिप, लगानी तयारी, व्यवसायिक विकास र नेटवर्किङका अवसर प्रदान गर्दै आएको छ । संस्थाका अनुसार यस पहलले बागमती प्रदेशमा नवप्रवर्तन र उद्यमशीलताको वातावरणलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.