बिहीबार, श्रावण ७,२०८३ 08:17:51
Bizshala
  • बिहीबार, श्रावण ७,२०८३ 08:17:51
Bizshala
Global IME Bank Limited

नर्भिक अस्पतालमा पीआईसीयुसहितको पूर्ण बालरोग उपचार सेवा विस्तार

नर्भिक अस्पतालमा पीआईसीयुसहितको पूर्ण बालरोग उपचार सेवा विस्तार
New Office

काठमाण्डौ । थापाथलिस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले बालरोग उपचार सेवालाई थप विस्तार र सुदृढ गर्दै पीआईसीयुसहितको पूर्ण बालरोग उपचार सेवा सञ्चालन गरेको छ ।

अस्पतालले नवजात शिशुदेखि किशोरावस्थासम्मका बालबालिकालाई एकै छानामुनी सम्पूर्ण उपचार सेवा प्रदान गर्न  बाल सघन उपचार कक्ष (पीआईसीयु)सहितको सेवा विस्तार गरेको हो ।

अस्पतालका प्रमुख  कार्यकारी अधिकृत(सीईओ)अजयकुमार मिश्रले बालरोगको सम्पूर्ण उपचार सेवा एकैठाउँबाट दिनेगरी नर्भिकले बाल सघन उपचार कक्ष तथा रोग विशेष बालरोग चिकित्सकसहितका जनशक्ति थप गर्दै पूर्ण बालरोग उपचार सेवा विस्तार गरेको बताए ।

‘नर्भिकले दक्ष तथा विज्ञ चिकित्सकमार्फत आकस्मिक तथा ओपीडी, बाल सर्जरी सेवा, नवजात तथा बाल सघन उपचार कक्ष सहितको विशिष्टिकृत बाल उपचार सेवालाई विस्तार गरेको छ,’ सीईओ मिश्रले भने ।

बालबालिकासँग जोडिएका सबै प्रकारका उपचार सेवा नर्भिकबाटै उपलब्ध हुनेगरि बालरोग उपचार केन्द्रलाई विस्तार गरिएको सिईओ मिश्रले बताए ।

‘हामीकहाँ नवजात शिशुहरुका लागि एनआईसीयु सहितको सेवा पहिलादेखि नै थियो । अब सबै उमेरका बालबालिकालाई सम्पूर्ण सेवा प्रदान गर्न अत्याधुनिक उपकरण र प्रविधि भएको पीआईसीयु सहितको सेवाहरु थप गरेका छौंं,’ सीईओ मिश्रले भने, ‘बालबालिकाको उपचारका लागि हामीसँग दक्ष र विज्ञ विशेषज्ञ र तालिमप्राप्त नर्सिङ जनशक्ति सहितको पूर्ण बालरोग सेवा उपलब्ध छ ।’

नर्भिक अस्पतालमा सामान्य बालरोग सेवादेखि विशेषज्ञ चिकित्सकमार्फत पेडियाट्रिक ग्यास्ट्रोएन्टेरोलोजी, पेडियाट्रिक ¥युम्याटोलोजी, पेडियाट्रिक पल्मनोलोजी, पेडियाट्रिक न्युरोलोजी, पेडियाट्रिक हेमाटोलोजी, क्रिटिकल केयर, पेडियाट्रिक अर्थोपेडिक तथा पेडियाट्रिक सर्जरी लगायतका विशिष्टिकृत सेवा सञ्चालनमा रहेको छ ।

यी सेवा प्रदान गर्न अस्पतालमा बालरोग विशेषज्ञ तथा बालरोग बहुविशेषज्ञ चिकित्सक सहितको १३ जना चिकित्सक रहेकोमा नवजात शिशु विशेषज्ञसहित ७ जना चिकित्सक पनि थप गरेको छ ।  

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.