काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय, बंकुल रौतहटले आफ्ना एक सदस्य परिवारलाई बीमा दाबी रकम भुक्तानी गरेको छ।
मौलापुर नगरपालिका वडा नं. ८ निवासी सदस्य मालती देवीका श्रीमान धुरन साहको निधन भएपछि संस्थाले बीमा सुविधाअन्तर्गत आर्थिक सहयोग उपलब्ध गराएको हो।
संस्थाबाट मालती देवीले लिएको रु. ३ लाख ऋणमध्ये सदस्यका श्रीमानको मृत्यु पश्चात् संस्थाको नियमानुसार ऋणको साँवा तथा ब्याज मिनाहा गरिएको छ। साथै, काजकिरिया खर्च वापत रु. २५ हजार समेत समावेश गरी एकमुष्ट रकम भुक्तानी गरिएको शाखा प्रबन्धक श्यामबाबु प्रसाद यादवले जानकारी दिए।
संस्थाले आफ्ना सदस्यहरूको हित, संरक्षण तथा आपत्कालीन अवस्थामा सहयोग पुर्याउने उद्देश्यले यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ।
उक्त रकम मौलापुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रामपुकार साह तथा संस्थाका अनुगमन प्रमुख सन्दीप विडारीको उपस्थितिमा हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा शाखाका कर्मचारीहरू तथा सदस्यहरूको समेत सहभागिता रहेको थियो।

