काठमाण्डौं । होर्मुज स्ट्रेट क्षेत्रमा इरान र अमेरिकाबीच बढेको सैन्य तनावका बीच एक भारतीय कार्गो जहाज समुद्रमा डुबेको खबर सार्वजनिक भएको छ।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार गुजरातको द्वारका जिल्लाको सलाया क्षेत्रसँग सम्बन्धित मालवाहक जहाज समुद्री झडपका क्रममा दुर्घटनामा परेको हो।
दुर्घटनामा भारतीय चालक दलका सदस्य अल्ताफ तालब केरको मृत्यु भएको पुष्टि गरिएको छ भने अन्य १७ जनालाई सकुशल उद्धार गरिएको बताइएको छ।
भारतीय नौकायन जहाज संघका महासचिव आदम भाइले उद्धार तथा समन्वयका लागि दुबईस्थित भारतीय दूतावाससँग सम्पर्क गरिएको जानकारी दिएका छन्।
एमएसभी एएल फैज नुर–ए–सोलेमानी–आई नामक उक्त जहाज दुबईबाट यमनको मुकाल्ला बन्दरगाहतर्फ कार्गो बोकेर गइरहेको थियो।
जहाजमा एक सशस्त्र सुरक्षाकर्मीसहित १८ जना चालक दलका सदस्य सवार रहेको जनाइएको छ।
एजेन्सी

