बुधबार, असार १०,२०८३ 09:48:23
Bizshala
  • बुधबार, असार १०,२०८३ 09:48:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नीति तथा कार्यक्रमको जवाफ प्रधानमन्त्री शाहले नदिने, संसदीय अभ्यास विपरीत अर्थमन्त्री डा.वाग्लेले दिने

Laxmi Sunrise Bank Limited
नीति तथा कार्यक्रमको जवाफ प्रधानमन्त्री शाहले नदिने, संसदीय अभ्यास विपरीत अर्थमन्त्री डा.वाग्लेले दिने

काठमाण्डौँ । संघीय संसद्को प्रतिनिधिसभामा जारी रहेको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसदहरूले उठाउने प्रश्नहरूको जवाफ यसपटक प्रधानमन्त्री बालेन्द्र शाहले नदिने भएका छन्।  

बुधबारका लागि तय गरिएको प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको विस्तृत बहस र सांसदहरूको प्रश्नोत्तर हुने कार्यसूची समावेश गरिएको छ।

New Office
CG Motors
Garima Development Bank

सामान्य संसदीय अभ्यासअनुसार नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाउने प्रश्नहरूको अन्तिम जवाफ प्रधानमन्त्रीले नै दिने प्रचलन रहँदै आएको छ।

नीति तथा कार्यक्रम सरकारको समग्र दृष्टिकोण र प्राथमिकतासँग सम्बन्धित हुने भएकाले प्रधानमन्त्रीको प्रत्यक्ष उपस्थितिमा जवाफ दिने परम्परा स्थापित छ।

तर, यस पटक उक्त परम्परागत अभ्यासमा केही परिवर्तन गरिएको छ।

नयाँ कार्यविभाजनअनुसार प्रधानमन्त्री शाहको अनुपस्थितिमा सांसदहरूले उठाउने प्रश्नहरूको जवाफ अर्थमन्त्री स्वर्णिम वाग्लेले दिने तयारी गरिएको छ। 

स्रोतहरूका अनुसार सरकारभित्रको आन्तरिक समन्वयपछि नीति तथा कार्यक्रमसम्बन्धी छलफलको समापन गर्ने तथा संसद्मा उठेका प्रश्नहरूको सम्बोधन गर्ने जिम्मेवारी अर्थमन्त्रीलाई दिइएको हो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयका उच्च स्रोतहरूले यस विषयमा आवश्यक तयारी तथा समन्वय पूरा भइसकेको जनाएका छन्।  

नीति तथा कार्यक्रममाथिको छलफलमा अर्थमन्त्री वाग्लेले सरकारको तर्फबाट नीति स्पष्ट पार्ने, उठेका जिज्ञासाको जवाफ दिने तथा आगामी आर्थिक योजनाबारे थप प्रष्टता दिने अपेक्षा गरिएको छ।

संसद् सचिवालयका एक अधिकारीका अनुसार पनि बुधबारको कार्यसूचीअनुसार प्रधानमन्त्रीको सट्टा अर्थमन्त्रीले नै प्रश्नोत्तर सत्र सम्हाल्ने व्यवस्था मिलाइएको छ।  

सोहीअनुसार बैठक सञ्चालनका लागि प्राविधिक तथा प्रशासनिक तयारी अघि बढाइएको छ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।  

उक्त प्रस्तुति पछि दुवै सदनमा नीति तथा कार्यक्रममाथिको औपचारिक छलफल शुरु भइसकेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.